default_image

6 years ago

October 1, 2019

एन्फाद्वारा झन्डै ४२ लाख पुरस्कार वितरण, यू-१८ को अझै उधारो

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विविध शीर्षकमा पुरस्कार जितेका खेलाडी, रेफ्री तथा प्रशिक्षक लगायतलाई आज पुरस्कार हस्तान्तरण गरेको छ ‌।

अष्ट्रेलियामा हुने विश्वकप छनोटको खेलका लागि प्रस्थान गर्ने बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कार हस्तान्तरण गरे । सबै पुरस्कार वितरण गरेपनि २ वर्षदेखि बाँकी रहेको साफ यू-१८ च्याम्पियन्सिपको उपाधि जितेको टोलीको पुरस्कार भने वितरण भएन । यद्यपि गतसाता मात्र समूह चरणबाट बाहिरिएको यू-१८ टोलीलाई भने नगद पुरस्कार वितरण गरियो ।

एन्फाले वितरण गरेको पुरस्कारहरु:

विश्वकप छनोटको दोस्रो खेलमा ताइपेइलाई पराजित गरेको टोलीको सदस्य – जनही नगद रु २५ हजार ।

भारतकाे कलकत्तामा सम्पन्न साफ यू-१५ उपविजेता टोलीलाई जनही २५ हजार

साफ यु१८ च्याम्पियन्सिप २०१९ : जनही १० हजार

नादेझ्दा कप (महिला राष्ट्रिय टोली) – जनही ५० हजार रुपैयाँ

सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट (पल्सर बाइक र ५० हजार)

गाेलरक्षक विशाल श्रेष्ठ (मनाङ)

डिफेन्डर – रन्जित धिमाल (थ्रीस्टार)

मिडफिल्डर – हेमन गुरुङ (मनाङ)

फरवार्ड – भरत खवास (आर्मी)

प्रशिक्षक – सुमन श्रेष्ठ (मनाङ)

उदीयमान खेलाडी – विकास खवास १ लाख (आर्मी)

एन्फा डे –

मोरङ जिल्ला – १ लाख

क्लब मनाङ – १ लाख

पुरुष रेफ्री – लव खत्री स्कुटर १ लाख

महिला रेफ्री – अस्मिता मानन्धर स्कुटर र १ लाख

उदीयमान खेलाडी – अभिषेक रिजाल र मन्जली कुमारी याेन्जन (स्कुटर)

अन्तर्राष्ट्रिय प्रदर्शन – किरण र राेहित चन्द

प्रशिक्षक – हरि खड्का

लाइफ टाइम – पुर्व प्रशिक्षक भगिरथ आले मामा ३ लाख ५० हजार र १ माेटरसाईकल

गतवर्षकाे उत्कृष्ट खेलाडी – अनु लामा र जुमानु राई जनही १५ लाख

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.