default_image

5 years ago

October 5, 2019

लिभपुर र लेस्टर भिड्दै

एजेन्सी – प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुलको भन्दा तेस्रो स्थानको लेस्टरबीच ७ अंकको अन्तर छ । आज एनफिल्डमा हुने खेलमा लेस्टर विजयी भएमा केहि समयका लागि भएपनि लेस्टर दोस्रो स्थानमा रहनेछ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले आइतबार मात्र खेल्नेछ । लिभरपुलको २१, सिटीको १६ र लेस्टरको १४ अंक छ । ब्रेन्डन रोजर्स सन् २०१५ लिभरपुल […]

45 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुलको भन्दा तेस्रो स्थानको लेस्टरबीच ७ अंकको अन्तर छ । आज एनफिल्डमा हुने खेलमा लेस्टर विजयी भएमा केहि समयका लागि भएपनि लेस्टर दोस्रो स्थानमा रहनेछ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले आइतबार मात्र खेल्नेछ । लिभरपुलको २१, सिटीको १६ र लेस्टरको १४ अंक छ ।

ब्रेन्डन रोजर्स सन् २०१५ लिभरपुल छोडेयता पहिलो पटक त्यहाँ जाँदैछन् । योर्गन क्लोपको टोलीले भने प्रिमियर लिगको शीर्षस्थानलाई थप मजबुद बनाउन लेस्टरलाई हराउन प्रयास गर्नेछ । लिभरपुल प्रिमियर लिगमा ४३ खेलदेखि अपराजित छ । युरोपका शीर्ष ५ लिगमा यो सबै भन्दा लामो अपराजित यात्रा हो । अर्को तिर लेस्टरका फरवार्ड जेमी भार्डी लयमा छन् । उनले यो सिजन ५ गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगको पछिल्ला खेलमा लिभरपुलका लागि मोहम्मद सलाहले २ गोल गरेका थिए, रोर्बेटो फर्मिनोले २ गोलमा एसिस्ट गरेका थिए भने साडियो मानेले १ गोल गरेका थिए । यी नै तीन खेलाडीले लेस्टरविरुद्धको मोर्चा सम्हाल्नेछन् । मानेले यो सिजन ४ गोल गरिसकेका छन् । सहालले पनि घरेलु मैदानमै ४ गोल गरिसकेका छन् । यस्तो बलियो लिभरपुललाई रोक्न लेस्टरले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

प्रिमियर लिगका खेल
-बनर्लीविरुद्ध एभर्टन ७ः४५ बजे
-लिभरपुलविरुद्ध लेस्टर सिटी ७ः४५ बजे
-नर्विचविरुद्ध एस्टन भिल्ला ७ः४५ बजे
-वार्टफोर्डविरुद्ध सेफिल्ड युनाइटेड ७ः४५ बजे
-वेस्ट ह्याम युनाइटेडविरुद्ध क्रिस्टल प्यालेस १०ः१५ बजे

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.