default_image

5 years ago

October 5, 2019

टोटेनहमको लज्जास्पद हार

एजेन्सी –टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा शनिबार लज्जासपद हार बेहोरेको छ । ब्राइटन एन्ड होभ अल्भियनको मैदानमा स्पर्स ३-० ले पराजित भएको हो । तेस्रो मिनेटमै खेलमा पछि परेको टोटेनह्याम खेलमा फर्कन सकेन । निल माउपेको गोलमा आल्बियनले अग्रता लिएको थियो । त्यसपछि टोटेनहमका कप्तान तथा मुख्य गोलरक्षक ह्युगो लोरिसले चोट बोकेपछि । टोली थप […]

33 views

0 Bookmark

एजेन्सी –टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा शनिबार लज्जासपद हार बेहोरेको छ । ब्राइटन एन्ड होभ अल्भियनको मैदानमा स्पर्स ३-० ले पराजित भएको हो । तेस्रो मिनेटमै खेलमा पछि परेको टोटेनह्याम खेलमा फर्कन सकेन ।

निल माउपेको गोलमा आल्बियनले अग्रता लिएको थियो । त्यसपछि टोटेनहमका कप्तान तथा मुख्य गोलरक्षक ह्युगो लोरिसले चोट बोकेपछि । टोली थप समस्यामा परेको थियो । बल रोक्ने क्रममा ल्यान्डिङ नमिल्दा उनको हात भांचिएको थियो । निकै गम्भीर चोट बोकेका उनले लामो समय मैदानबाहिर रहने देखिएको छ ।

त्यसपछि ३२ औं मिनटमा आरोन कोनोलेले गोल गरेपछि अल्भियनले अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा घरेलु टोलीका लागि कोनोलीले ६५ औं मिनेटमा अर्को गोल गरेपछि टोटेनह्याम खेलमा फर्कने सम्भावना कमजोर भएको थियो । टोटेनह्याम ११ अंकका साथ छैटौं स्थानमा छ । अल्भियन ९ अंक जोड्दै १२ औं स्थानमा छ ।

अघिल्लो खेलमा बायर्नसँग च्याम्पियन्स लिगमा ७-२ ले पराजित भएको स्पर्स यस हारले निकै दबाबमा परेको छ । यस हारसंगै प्रशिक्षक माउरिसियो पोचेटिनोमाथि पनि समर्थकहरु झनै रुष्ट भएका छन् ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.