default_image

5 years ago

October 7, 2019

बार्सिलोना फराकिलो जितमा मेस्सीको गोल

एजेन्सी – लियोनल मेस्सीले सिजनको पहिलो गोल गरेको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–० ले हराएको छ । नौ खेलाडीमा खेलको अन्त्य गरेको बार्सिलोनाको लागि लुइस स्वारेज, अर्टुरो भिडाल, ओसमाने डेम्बेले र मेस्सीले गोल गरेका थिए । जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई घटाएको छ । ८ खेलपछि रियलको १८ अंक छ भने बार्सिलोनाको १६ अंक […]

32 views

0 Bookmark

एजेन्सी – लियोनल मेस्सीले सिजनको पहिलो गोल गरेको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–० ले हराएको छ । नौ खेलाडीमा खेलको अन्त्य गरेको बार्सिलोनाको लागि लुइस स्वारेज, अर्टुरो भिडाल, ओसमाने डेम्बेले र मेस्सीले गोल गरेका थिए । जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई घटाएको छ ।

८ खेलपछि रियलको १८ अंक छ भने बार्सिलोनाको १६ अंक पुगेको छ । २७ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनले अग्रता लिएको थियो । भिडालले ३२ औं मिनेटमा गोल गरे । डेम्बेलेले ३५ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।

मेस्सीले खेल सकिन १२ मिनेट अघि फ्रिकिकमा गोल गरेका थिए । बार्सिलोनाका रोनाल्ड अरौजुले ८७ औं मिनेटमा रातो कार्डको सामना गरेका थिए । सोही समयमा डेम्बेले दोहोरो पेहेलो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना ९ खेलाडीमा सिमित भएको थियो ।

ला लिगाका अन्य खेल

-ओसासुना २–१ भिल्लारियल

-मालोर्का २–० आरसिटी इस्पानुयल

-सेल्टा भिगो १ –० एथलेटिक बिलबाओ

रियल भालाडोलिड ० –० एटलेटिको म्याड्रिड

रियल सोसिडाड १–२ गेटाफे

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.