default_image

5 years ago

October 10, 2019

अभिषेक र विशाल पहिलो रोजाईमा

सुबास हुमागाईं, क्यानबेरा विश्व कप छनोट अन्तगर्त अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपालको पहिलो रोजाई घोषणा हुँदा विमल घर्तिमगर विमल र विक्रम लामा परेनन् । नेपाल र अष्ट्रेलियाबीच नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुँदैछ । विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका छन् । मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका छन् […]

38 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा

विश्व कप छनोट अन्तगर्त अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपालको पहिलो रोजाई घोषणा हुँदा विमल घर्तिमगर विमल र विक्रम लामा परेनन् । नेपाल र अष्ट्रेलियाबीच नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुँदैछ ।


विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका छन् । मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका छन् । त्यसबाहेकका ९ खेलाडी अघिल्लो महिना चाइनिज ताइपेविरुद्ध सुरु गर्ने खेलाडी नै छन् ।

गत महिना नेपाली टोली पहिलो खेलमै ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा भने चाइनिज ताइपेलाई २–० ले हराउँदै छनोटमा नेपालले पहिलो जित दर्ता गरेको थियो । अष्ट्रेलियाले भने पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो ।

नेपाली टोलीको पहिलो रोजाई
गोलकिपर –किरण चेम्जोङ (कप्तान)
फिडेन्स – रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ
मिडफिल्ड – रवि पासवान, विशाल राई, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट
फरवार्ड – अभिषेक रिजाल

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.