10 years ago
June 13, 2016
पेरिस (एजेन्सी) -विश्व कप विजेता जर्मनी र पोल्यान्डले जितका साथ युरोपियन च्याम्पियनसिपको यात्रा सुरु गरेका छन् । समूह सीमा जर्मनीले युक्रेनलाई २–० तथा पोल्यान्डले नर्दन आयरल्यान्डलाई १–० ले हराएको थियो ।
जर्मनीको जितमा सर्कोडान मुस्तफी र चोटमुक्त भएर फर्केका बास्टियन स्वान्सटाइगरले गोल गरेका थिए । टोनी क्रुसको फ्रिकिकमा हेडमार्फत मुस्तफीले हेडमार्फत पहिलो गोल गरेपछि जोचिम लोको टोलीले १९ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । मुस्तफीको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । युक्रेनले खेलमा फर्कने केही राम्रा अवसर पाएर पनि गोल फर्काउन सकेन ।
गोलकिपर म्यानुयल नुयोरले दुई पटक युक्रेनको आक्रमणलाई विफल पार्दै टोलीको अग्रतालाई जोगाएका थिए । येभहेन कोनापेल्न्का र येभहेन काचिरिडीको प्रहारलाई नुयोरले रोक्नुअघि जेरोमी बोयटेयेभहेन कोनापेल्न्का र येभहेन काचिरिडीको प्रहारलाई नुयोरले रोक्नुअघि जेरोमी बोयटेङले कोनापेल्न्काको प्रयासलाई गोललाईनबाट जोगाएका थिए ।
इन्जुरी समयको दोस्रो मिनेटमा स्वान्सटाइगरले गोल गर्दै टोलीको जित पक्का गरेका थिए । काउन्टर एट्याकमा मेसुज ओजितको क्रसलाई भलिमा उनले गोल गरेका थिए । र्माच २२ मा अभ्यासका दौरान उनी घाइते भएका उनी अन्तिम मिनेट मैदान प्रवेश गरेका थिए । उनले आफु अझै ९० मिनेटकै लागि खेल्न तयार भइनसकेको बताएका छन् । उनले भने यो खेलमा पाँच मिनेट खेले अर्कोमा अलि बढी खेल्न सक्छु होला । खेलका म्यान अफ द म्याच क्रुजले हामी जसरी खेल जित्न चाहेका थियौं त्यसरी नसकेपछि त्यसको बाटोमा रहेको बताएका छन् ।
त्यसअघि समूहको अर्को खेलमा एर्काडिउज मिलिकको गोलमा पोल्यान्८ले नर्दन आयरल्यान्डलाई हराएको थियो । ज्याकुब ब्लाजिकोवस्को पासमा मिलिकले ५१ औं मिनेटमा गोल गरेका थिए ।
जुन १६ मा युक्रेन र नर्दन आयरल्यान्ड तथा जर्मनी र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]