default_image

5 years ago

October 10, 2019

नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित

सुबास हुमागाईं, क्यानबेरा विश्व कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल दुवै प्रशिक्षकले अनुमान गरे जस्तो भएन । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले भने जस्तो अप्रत्यासित पनि भएन । त्यस्तै अष्ट्रिेलियाका प्रशिक्षकले भने जस्तो धेरै भन्दा धेरै गोल पनि भएन । अष्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा घरेलु टोलीसँग नेपाल ५–० ले पछि परेको छ […]

74 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा
विश्व कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल दुवै प्रशिक्षकले अनुमान गरे जस्तो भएन । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले भने जस्तो अप्रत्यासित पनि भएन ।

त्यस्तै अष्ट्रिेलियाका प्रशिक्षकले भने जस्तो धेरै भन्दा धेरै गोल पनि भएन । अष्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा घरेलु टोलीसँग नेपाल ५–० ले पछि परेको छ ।

अस्ट्रेलियाका जिमि म्याकलेमले ह्याट्रिक र ह्यारी सौटरले समान २ गोल गरेका छन्। नेपालले निरन्तर दवाब खेपेको थियो ।खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट रिवाउन्डमा आएको बलमा जिमिले गोल गरेका थिए । १९ औं मिनेटमा जिमिले अर्को गोल थपे ।

२४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका छन् । ह्यारीको त्यो डेब्यू गोल थियो । ह्यारीले ५९ मिनेटमा अर्को गोल गरे । उनले हेडमार्फत गोल गरेका थिए । जिमीले अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

विश्व कप छनोटका अहिले सम्मका ३ खेलमा नेपालको यो दोस्रो हार हो । गत महिनाको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपाली टोली अर्को खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । त्यो खेलमा दवै गोल अन्जन विष्टले गरेका थिए । अष्ट्रेलियाले भने खेलको दुवै खेल जितेको छ । यसअघि टोलीले कुवेतलाई ३–० ले हराएको थियो ।

नेपाली टोली
गोलकिपर –किरण चेम्जोङ (कप्तान)
फिडेन्स – रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ
मिडफिल्ड – रवि पासवान, विशाल राई(८६’ सन्तोष तामाङ), सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट (७८’ विक्रम लामा)
फरवार्ड – अभिषेक रिजाल (६६’ विमल घर्तिमगर)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.