default_image

5 years ago

October 11, 2019

नेयमारको सयौं खेलमा ब्राजिलको बराबरी

एजेन्सी – ब्राजिलका लागि एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने नेयमार सातौं खेलाडी बनेका छन् । सिंगापुरमा बिहीबार भएको सेनेगलविरुद्धको खेलमा नेयमारले आफ्नो सयौं खेल पुरा गरे । तर, उनको टोली विजयी हुन सकेन । ब्राजिल र सेनेगलले १–१ को बराबरी खेले । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयरमाले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६१ लाई […]

25 views

0 Bookmark

एजेन्सी – ब्राजिलका लागि एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने नेयमार सातौं खेलाडी बनेका छन् । सिंगापुरमा बिहीबार भएको सेनेगलविरुद्धको खेलमा नेयमारले आफ्नो सयौं खेल पुरा गरे । तर, उनको टोली विजयी हुन सकेन । ब्राजिल र सेनेगलले १–१ को बराबरी खेले ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयरमाले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६१ लाई सो खेलमा थप्न सकेनन् । जबकी उनको प्रदर्शनले समर्थकलाई निराश बनायो । लिभरपुलका रोर्बेटो फर्मिनोले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

ग्राबियल जिससको चलाखीपूर्ण पासमा फेर्मिनोले चिपमा गोल गरेका थिए । साडियो मानेलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा फामारा डेडियुले बराबरी गोल गरेका थिए । नेयमार दुई पटक गोलको नजिक पुगेका थिए ।

नेयमारको पहिलो फ्रिकिक पोष्टमाथिको जालीमा खस्यो भने अर्को फ्रिकिकलाई अल्फ्रेड गोमिसले राके । सेनेगल जितको नजिक पुगेर पनि असपल भयो । लिभरपुलका मानेको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

अन्य मैत्रीपूर्ण खेल
कोसोभो १-० गिब्राल्टार
सर्बिया १-० पाराग्वे
भेनेज्युयला ४-१ बोलिभिया

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.