5 years ago
October 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा जारी महिला साफ यू १५ च्याम्प्यिनसिपमा आजको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । नेपालले आज पूर्व विजेता बंगलादेशको सामना गर्दैछ । थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ ।
पहिलो खेलमा साविक विजेता भारतसँग ४–१ को हार बेहोरेको नेपालका लागि आजको खेल गर वा मरको अवस्थामा छ । बंगलादेशले भने भुटानलाई २–० ले हराउँदै विजयी सुरुवात गरिसकेको छ । आजको खेल हारेमा नेपाल लगभग च्याम्प्यिनसिपबाट बाहिरिन सक्छ । यू १५ च्याम्पियनसिपमा नेपालको इतिहास सन्तोषजनक छैन ।
यसअघिका दुवै संस्करणमा नेपाल कमजोर रहँदै आएको छ । सन् २०१७ मा भएको पहिलो संस्करणमा सहभागी ४ टोलीमध्ये नेपाल पुछारमा रहेको थियो । त्यति बेला पहिलो खेलमा बंगलादेशसँग ६–० ले पराजित भएको नेपाल भारतसँग १०–० ले पराजित भएको थियो । नेपालले अन्तिम खेलमा भुटानसँग १ –१ को बराबरी खेलेको थियो ।
गत वर्ष भुटानमै भएको च्याम्पियनसिपमा नेपाल चौथो भएको थियो । ६ टोलीको सहभगिता रहेको च्याम्पियनसिपमा नेपाल समूह चरणमा बंगलादेश र पाकिस्तानसँग परेको थियो । पाकिस्तानलाई ४–० ले हराएको नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको थियो ।उपविजेताका रुपमा सेमिफाइनल पुगेको नेपाल त्यहाँ भारतसँग २–१ ले परातिज भयो ।
तेस्रो स्थानको खेलमा पनि नेपाल भुटानसँग टाइब्रेकरमा पराजित भएको थियो । २–२ को बराबरीपछिको टाइब्रेकरमा नेपाल ४–३ ले पराजित भएको थियो । यसअघिका दुई संस्करणमा भारत र बंगलादेशबीच मात्र फाइनल भएको छ । पहिलो संस्करणमा बंगलादेश र दोस्रो भारत च्याम्पियन बनेको थियो ।
यसपटक ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावना जीवित राख्न नेपालले बंगलादेशलाई हराउँनै पर्ने बाध्यता छ । । यू १५ मा यसअघिका दुवै भेटमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
बंगलादेशविरुद्धको नेपाली टोलीको सुरुवाती ११
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]