default_image

5 years ago

October 11, 2019

नेपाल यू १५ बाट बाहिरियो , भारत र बंगलादेश फाइनलमा

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक भुटान साफ यू १५ च्याम्पियनसिपबाट बाहिरिएका छन् । थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा शुक्रबार साँझ भारतसँग १०–१ ले पराजित भएपछि भुटान र नेपाल पनि च्याम्पियनसिपबाट बाहिरिएको छ । त्यसअघि बंगलादेशले नेपाललाई २–१ हराएको थियो ।

बंगलादेश र भारतले दुवै खेल जिते । नेपाल र भुटानले लगातार दुई खेल हारे । फाइनल पुगेका भारत र बंगलादेशबीच राउन्ड रोविनअन्तर्गतको खेल आइतबार हुनेछ । सोहि दिन नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल मंगलबार हुनेछ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ ले र भुटान बंगलादेशसँग २–० ले पराजित भएको थियो । महिला साफ च्याम्पियनसिपमा फेरि एक पटक कमजोर प्रदर्शन गर्दै नेपाली टोली फर्कने भएको छ ।

साफ यू १५ महिला टोलीमा नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । सन् २०१७ मा भएको पहिलो संस्करणमा सहभागी ४ टोली मध्ये नेपाल पुछारमा रहेको थियो । त्यति बेला पहिलो खेलमा बंगलादेशसँग ६–० ले र भारतसँग १०–० ले पराजित नेपाली टोलीले भुटानसँग १ –१ को बराबरी खेलेको थियो ।

गत वर्ष भुटानमै भएको च्याम्पियनसिपमा नेपाल चौथो भयो । ६ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल समूहको उपविजेता बनेको थियो । पाकिस्तानलाई ४–० ले हराएको नेपालले बंगलादेशसँग ४–० को पराजय भोगेको थियो ।

सेमिफाइनलमा भारतसँग २–१ ले पराजित नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाको टाइब्रेकरमा भुटानलाई नतिजा सुम्पेको थियो । २–२ को बराबरीपछिको पेनाल्टीमा नेपाल ४–३ ले पराजित भएको थियो । यसअघिका दुई संस्करणको फाइनल पनि भारत र बंगलादेशबीच भएको थियो । पहिलो संस्करणमा बंगलादेश र दोस्रोमा भारत च्याम्पियन बनेको थियो ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.