default_image

5 years ago

October 12, 2019

पूर्व कप्तान अनिललाई नेपाल प्रताप भुषण पदक

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल अधिकारी नेपाल प्रताप भुषण पदकबाट विभुषित भएका छन् । प्रहरी दिवसका अवसरमा उनी शुक्रबार सम्मानित भएका हुन् ।

२५ वर्षदेखि प्रहरी सेवामा रहेका प्रहरी निरिक्षक अनिलको कप्तानीमा पुलिसले पहिलो पटक २०६३ मा सहिद स्मारक ए डिभिजन लिग जितेको थियो । सन् २००० देखि २००३ सम्म राष्ट्रिय टोलीबाट खेलेका उनले पुलिसलाई एक दशक भन्दा लामो समय कप्तानी गरे ।

हाल महानगरिय प्रहरी प्रभागमा कार्यरत  पूर्व डिफेन्डरअनिलले सम्मानले कामको मुल्याङ्याकन भएको अनुभव गरेको र यसले थप हौसला मिलेको बताएका छन् । पुलिसकै भलिबल खेलाडी कोपिला उप्रेती राष्ट्र सेवा पदकबाट विभुषित भइन् ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.