5 years ago
October 15, 2019
एजेन्सी – आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा ७००औ गोल पुरा गरेको खेलमा पोर्चुगल पराजित भएको छ । युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोलीसँग २–१ ले पराजित भएको हो । किभमा युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे । पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह […]
एजेन्सी – आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा ७००औ गोल पुरा गरेको खेलमा पोर्चुगल पराजित भएको छ ।
युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोलीसँग २–१ ले पराजित भएको हो । किभमा युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे ।
पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह ‘बी’ बाट युरोकपमा छनोट हुन सफल भएको छ । युक्रेनले समूह ‘बी’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक रहेको छ । पोर्चुगललाई छनोट हुन अर्काे खेल नै कुर्नुपर्ने भएको छ ।
खेलको छैर्टा मिनेटमा नै रोमन यारेमचुकले गोल गर्दै घरेलु टोली युक्रेन खेलमा अघि बढेको थियो । उनले क्रिभसभको पासमा गोल गरेका थिए । २७औं मिनेटमा एन्ड्री यामोलेन्कोले भिटाली माइकोलेन्कोको पासमा गोल गरेपछि घरेलु टोली युक्रेन पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
२–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राख्दै एक गोल गर्न सफल भएपनि हार टार्न सकेन । ७२औै मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने संकेत दिएपनि थप गोल निस्कन नसक्दा पोर्चुगल २–१ ले पराजित हुन पुग्यो ।
यो रोनाल्डाको खेल करियरको ७००औं गोल हो । उनले राष्ट्रिय टोलीबाट १६२ खेल खेल्दै ९५औं गोल पुरा गरे । उनले स्पेनिस क्लब रियाल म्याड्रिडबाट सबैभन्दा धेरै गोल गरेका छन् ।
टारस स्टेफानेकोले पेनाल्टी बक्समा विपक्षी खेलाडीमाथि अनावश्यक होल्ड गरेपछि रेफ्रीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड देखाएपछि घरेलु टोली युक्रेन १० खेलाडीमा समटिएको थियो ।
यही समूहको अर्काे खेलमा सर्वियाले लिथुनियालाई २–१ ले पराजित गरेको छ । जितसँगै सर्वियाले ७ खेलबाट १० अंक जोड्दै युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । लिथुनिया १ अंकसहति पुछारमा रहँदा लक्जेमवर्ग ४ अंकसहित चौथो स्थानमा छ ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]