default_image

5 years ago

October 15, 2019

विश्वविजेता फ्रान्स टर्कीसँग रोकियो

एजेन्सी – विश्वविजेता फ्रान्स युरोकप छनोटमा घरेलु मैदानमा टर्कीसँग बराबरीमा रोकिएको छ । पेरिसमा आइतबार राति भएको खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएर पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँड्नु परेको हो। घरेलु टोली फ्रान्सले टर्कीलाई दवावमा राखेपनि टर्कीको बलियो रक्षापङ्ति तोड्न सकेको थिएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७६औं मिनेटमो ओलिभर जिरुउडको […]

29 views

0 Bookmark

एजेन्सी – विश्वविजेता फ्रान्स युरोकप छनोटमा घरेलु मैदानमा टर्कीसँग बराबरीमा रोकिएको छ । पेरिसमा आइतबार राति भएको खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएर पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँड्नु परेको हो।

घरेलु टोली फ्रान्सले टर्कीलाई दवावमा राखेपनि टर्कीको बलियो रक्षापङ्ति तोड्न सकेको थिएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

७६औं मिनेटमो ओलिभर जिरुउडको गोलबाट फ्रान्सले खेलमा शुरुवाती अग्रता बनाएको थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गरेका थिए । तर, फ्रान्सको त्यो अग्रता लामो समय टिकेन । ८२औं मिनेटमा कान एहानले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै फ्रान्स ८ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १९ अंक रहेपनि टकी गोल अन्तरमा शीर्षस्थानमा छ ।
यही समूहको अर्काे खेलमा आइसल्यान्डले एन्डोरालाई २–० ले तथा अल्वानियाले माल्दोभालाई ४–० को भारी अन्तरले पराजित गरेको छ ।

आइसल्यान्ड १५ अंकसहित तेस्रो स्थानमा छ । अल्वानिया १२ अंक जोडेर चौथो स्थानमा छ । एन्डोरा र माल्दोभाको समान ३ अंक छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.