default_image

4 years ago

October 15, 2019

पहिलो हाफमा जोर्डन-नेपाल बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोट दोस्रो चरण अन्तर्गत चौथो खेलमा नेपाल र जोर्डन खेल्दैछन् । पहिलो हाफको खेल सकिंदा खेल गोलरहित बराबरीमा चलिरहेको छ । घरेलु टोली जोर्डनले पहिलो मिनेटदेखि नै दबाब बनाएपनि गोल गर्न सकेको छैन । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले तेस्रो मिनेटमा नै उत्कृष्ट बचाउ गर्दै नेपाललाई खेलमा […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोट दोस्रो चरण अन्तर्गत चौथो खेलमा नेपाल र जोर्डन खेल्दैछन् । पहिलो हाफको खेल सकिंदा खेल गोलरहित बराबरीमा चलिरहेको छ ।

घरेलु टोली जोर्डनले पहिलो मिनेटदेखि नै दबाब बनाएपनि गोल गर्न सकेको छैन । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले तेस्रो मिनेटमा नै उत्कृष्ट बचाउ गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । त्यसपछि बलमा पकड बनाएको जोर्डनले नेपालको हाफमा दबाब दिएपनि उल्लेख्य अवसर सिर्जना गर्न सकेको छैन ।

नेपालका लागि ३६ औं मिनेटमा सन्तोष तामाङले पोस्टमा प्रहार गरेका थिए । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षकले विफल पारेका थिए । नेपालले काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि अन्तिम थर्डमा भने बल पकडमा राख्न सकिरहेको छैन ।

प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध टोलीबाट सुरुवाती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन् । पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका फरवार्ड विमल घर्तीमगर जोर्डनविरुद्ध सुरुवाती रोजाइमा रहेका छन् । उनलाई आक्रमणमा रवी पासवान, सुजल श्रेष्ठ र अन्जन विष्टले साथ दिनेछन् । मिडफिल्डको मध्यभागमा रोहित चन्द र सन्तोष तामाङ रहेका छन् । अघिल्लो खेलमा बेन्चबाट आएका सन्तोष विशाल राईको स्थानमा टोलीमा आएका हुन् ।

डिफेन्सको मध्यभागमा अनन्त तामाङ र देवेन्द्र तामाङको जोडीले निरन्तरता पाएको छ । बायाँ डिफेन्समा सुमन अर्याल र दायाँमा दिनेश राजवंशी रहेका छन् । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले नै सम्हाल्नेछन् । प्रशिक्षक कालिनले ४-५-१ को पद्दतिमा नै टोली उतारेका हुन् । अघिल्लो खेलमा सुमनको स्थानमा रंजित धिमाल खेलेका थिए ।

नेपालको लागि यो अन्तिम अवे खेल पनि हो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित भएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.