default_image

5 years ago

October 16, 2019

भारत हारबाट जोगियो

114 views

0 Bookmark

एजेन्सी – भारत कतार विश्वकप अन्तरगतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा हारबाट जोगिएको छ । खेल सकिन दुई मिनेट बाँकी रहँदा आदिल खानल गोल गरेपछि भारत दक्षिण एसियाली टोली बंगलादेशसँगको सम्भावित हारबाट जोगिएको हो ।

खेल १–१ गोलको बराबरीमा टुंगियो । बंगलादेशले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितबाट वञ्चित बन्यो । यद्दपि बंगलादेशले समूह ‘एफ’ मा ३ खेलबाट पहिलो अंक जोड्न सफल भयो । भारतको ३ खेलबाटै २ अंक रहेको छ ।

खेलको ४१औं मिनेटमा साद उद्दिनको हेडर गोलबाट बंगलादेशले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि परेपछि भारतले दोस्रो हाफमा बंगलादेशमाथि बल पोजेसनमा पकड जमाएपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । ५१औं मिनेटमा मोहम्मद जिवनले गोलको सुन्दर मौका खेर फाल्दा बंगलादेश अग्रता दोब्बर पार्नबाट चुक्यो । ५४औं मिनेटमा मोहम्मद इब्राहिमको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

६०औं मिनेटमा भारत बराबरी गोलबाट चुक्यो । एनासको प्रहारलाई बंगलादेशका विप्लो अहमदले गोललाईबाट बचाउदै सम्भावित बराबरी टारेका थिए । ७३औं मिनेटमा मोहम्मद जिवनको प्रहारलाई आदिल खानले गोललाइबार्ट क्लियर गरिदिए ।

८८औं मिनेटमा आदिल खानले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याए त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.