default_image

5 years ago

October 16, 2019

हारबाट बचेको स्पेन युरो कपमा छनोट

35 views

0 Bookmark

एजेन्सी – स्वीडेनसँगको सम्भाविच हारबाट जोगिएको स्पेन युरोकप २०२० लाई छनोट हुन सफल भएको छ । घरेलु टोली स्वीडेनसँग १–१ गोलको बराबरीमा रोकिएपनि स्पेन समूह ‘एफ’ मा शीर्षस्थानमा रहँदै युरोकपलाई छनोट हुन सफल भएको हो ।

स्वीडेनका मार्कुस वर्गले गोल गरे । स्पेनका रोड्रिगोले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै सम्भावित हार टारेका थिए । बराबरीपछि स्पेनको ८ खेलबाट २० अंक पुगेको छ । स्वीडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहँदै छनोट नजिक छ ।

फ्रेन्डस् एरिना सोल्ना स्वीडेनमा पाहुना टोली स्पेनले घरेलु टोलीलाई दवावमा राखेपनि बलियो रक्षापङ्ति तोड्न असफल रहँदा पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको शुरुमै मार्कुस वर्गले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । हारतर्फ उन्मुख स्पेनका लागि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै हार टारे ।

यही समूहको अर्काे खेलमा रोमानिया र नर्वेले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । रोमानिया १४ अंक जोडेर तेस्रो तथा ११ अंक जोडेको नर्वे चौथो स्थानमा छ । अर्काे खेलमा फारोइ आइल्यान्डले माल्टालाई १–० ले पराजित गरेको छ । फारोइ र माल्टाको समान ३ अंक छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.