default_image

5 years ago

October 17, 2019

‘एल क्लासिको’ सार्ने प्रस्ताव रियाल र बार्सिलोनाद्धारा अस्वीकार

एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ सार्ने स्पेनिस ला लिगाको प्रस्तावलाई स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले अस्वीकार गरेको छ । सिजनको पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय छ । अर्काे क्लासिको मार्चमा बर्नबेउमा हुने तय छ । स्पेनको स्वायत्त राज्य क्याटलानले लामो समयदेखि स्वतन्त्र […]

60 views

0 Bookmark

एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ सार्ने स्पेनिस ला लिगाको प्रस्तावलाई स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले अस्वीकार गरेको छ ।

सिजनको पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय छ । अर्काे क्लासिको मार्चमा बर्नबेउमा हुने तय छ ।

स्पेनको स्वायत्त राज्य क्याटलानले लामो समयदेखि स्वतन्त्र राज्यको माग सहित आन्दोलन गर्दै आएको छ । सोही कारण ला लिगाले सर्वसाधारणको अशान्तको डरलाई सम्बोधन गर्दै सिजनको पहिलो एल क्लासिको सार्न दुवै क्लबलाई प्रस्ताव गरेको हो ।

खेल हुने दिन क्यालान शहरमा अझ बढी प्रदर्शन हुने सक्ने ला लिगाको अनुमान छ । गत सोमबारमात्र स्वयत्तताको आन्दोलनमा उत्रिएका ९ जना क्याटलानका नेताहरुलाई जेलमा राखिएपछि क्यालान क्षेत्र थप तनावग्रस्त हुदै आएको छ ।

बार्सिलोनाले ला लिगाको यो प्रस्तावलाई अनावश्यक रहेको बताएका छन् । रियाल म्याड्रिडले विरोधका बीच उनीहरुको स्टेडियममा जानुको सट्टा खेल नै पोस्टपोन्ड गर्नुपर्ने बताएका छन् । रियालले बर्नबेउमा नभइ कुनै अर्काे स्टेडियममा खेल गराउन पनि माग गरेका छन् ।

क्याटालोनिया उत्तर पुर्वी स्पेनको एक अर्ध स्वयत्त क्षेत्र हो । सन् २०१७ मा भएको जनमत संग्रहमा अधिकांश जनताले स्वतन्त्रताको पक्षमा मतदान गरेपनि स्पेनको संवैधानिक अदालतले यसलाई अवैध घोषणा गरेको थियो ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.