default_image

9 years ago

June 14, 2016

मेक्सिको समूह विजेता, उरुग्वेको सान्त्वना जित

151 views

0 Bookmark

टेक्सस (एजेन्सी– भेनेजुएलासँग १–१ को बराबरी खेलेपछि मेक्सिको अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह सीको विजेता बनेको छ । मेक्सिको र भेनेजुएला यसअघि नै अन्तिम आठमा पुगेका थिए भने उक्त समूहबाट उरुग्वे र जमैका अन्तिम खेलअघि नै बाहिरिसकेका थिए ।

mexico-vs-venzu
टेक्सासस्थित रिलाइन्ट रंगशालामा जोसे वेलाजक्वेजको गोलबाट भेनेजुएलाले १० औं मिनेटमा अग्रता लिएको िथयो । तर खेल सकिन १० मिनेटअघि जिसस कोरोनाले बराबरी गोल फर्काएपछि मेक्सिको समूह विजेता बन्न सफल भएको हो ।
समान ७ अंक भएपनि गोल अन्तरमा मेक्सिको शीर्षस्थानमा र भेनेजुएला दोस्रो स्थानमा रहे ।
मंगलबार बिहान भएको समूहको अर्को अर्थहिन खेलमा जमैकालाई ३–० ले हराउँदै उरुग्वेले सान्तवना जित हासिल गरेको छ । अबेल हर्नान्डेजले २१ औं मिनेटमा पहिलो गोल गरे भने जे भाउग वाटसनको आत्मघाती गोलमा उरुग्वेले ६७ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा माथिस कुर्जोले उरुग्वेका लागि गोल थपेका थिए । मेक्सिकोले समूह डीको उपविजेता र भेनेजुयलाले समूह डीको विजेतासँग क्वार्टरफाइनल खेल्नेछन् ।
बुधबार समूह डीमा चिलिले पानामा र अर्जेन्टिनाले बोलेभियासँग प्रतिस्पर्धा गर्नेछ । क्वार्टरफाइनल पुगिसकेको अर्जेन्टिनाको ६ अंक छ भने समान तीन अंक भएका चिली दोस्रो र पानामा तेस्रो स्थानमा छ । बोलेभिया प्रतियोगिताबाट बाहिरिसकेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.