default_image

5 years ago

October 19, 2019

झापालाई हराउदै एपीएफ क्वाटरफाइनलमा

69 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – सडनडेथमा गोलरक्षक अमृत चौधरी नायक बन्दा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्डको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फाइलः तस्वीर

मगमग झापा–११ विरुद्ध सडन डेथमा विजयी हुँदै एपीएफले क्वाटरफाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समय गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि टाई–ब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलले सडन डेथको बाटो तय गरेको थियो । सडन डेथमा झापाका सुरज विकको प्रहार एपीएफका अमृत चौधरीले रोकेपछि दबाबपछि एपीएफका राजेन्द्र रावलले गोल गरे ।

एपीएफको जितमा नायक बनेका गोलरक्षक अमृत चौधरी म्यान अफ दी म्याच बने । उनले १० हजार नगद पुरस्कार पाए । अब सेमीफाइनल प्रवेशका लागि एपीएफले अर्को विभागीय टिम नेपाली आर्मीसँग कात्तिक ४ गते खेल्नेछ ।

यसअघि विकास रनिङ शिल्ड–२०७४ मा एपीएफले थ्रीस्टारलाई पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा चौथो दिन आइतबार युनाइटेड दार्जिलिङले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.