default_image

4 years ago

October 20, 2019

जेससको ५०औं गोलमा सिटीको सहज जित

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले म्यानचेस्टर सिटीका लागि ५०औं गोल पूरा गरेको खेलमा सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । अर्काे एक गोल डेभिड सिल्भाले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि सिटीको गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । ३९औं […]

26 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले म्यानचेस्टर सिटीका लागि ५०औं गोल पूरा गरेको खेलमा सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । अर्काे एक गोल डेभिड सिल्भाले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि सिटीको गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । ३९औं मिनेटमा ब्राजिली ग्याब्रियल जेससले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

सिटीका लागि यो जेससको ५०औं गोल हो । उनले ११० खेलमा ५० गोलको आँकडा पार गरेका हुन् । जेसस २०१७ मा ब्राजिली क्लब पाल्मेरसबाट सिटीमा अनुबन्धित भएका थिए ।

त्यसको दुई मिनेटपछि रहिम स्ट्रलिङको पासमा कप्तान डेभिड सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५२औं मिनेटमा रहिम चुके । ६८औं मिनेटमा जेससको प्रहारलाई गोलरक्षक वेने हेन्नेसेले बचाइदिए । ७२ औ मिनेटमा जेससको अर्काे प्रहारलाई गोलरक्षकले विफल पारिदिए ।

७६औं मिनेटमा क्रिस्टियन बेन्टेकेको शक्तिशाली हेडर सिटीका गोलरक्षक इडर्सन मोरेसले बचाउदा प्यालेस गोल अन्तर कम गर्नबाट चुक्यो । ८१औं मिनेटमा केभिन डि ब्रुयनको हेडर पोस्टमा लाग्दै बाहिरियो । त्यसपछि दुवै टोलीले पाएको केही मौका खेर फालेपनि सिटी विजयी हुन सफल भयो ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । सिटी ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको अपराजित रहेको लिभरपुलको २४ अंक छ । पराजित क्रिस्टल प्यालेस १४ अंकसहति छैटौ स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.