default_image

5 years ago

October 21, 2019

बेल र मोड्रीचले च्याम्पियन्स लिगमा नखेल्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल गुमाउने भएका छन् । रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको गालाटासरेसँग प्रतिस्पर्धा गर्दैछ । चोटका कारण रियलसँग बेल र मोड्रीचको साथ् रहने छैन । शनिबार भएको खेलमा पनि दुवै खेलाडी उपस्थित रहेका थिएनन् । जिदानले […]

32 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल गुमाउने भएका छन् ।

रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको गालाटासरेसँग प्रतिस्पर्धा गर्दैछ । चोटका कारण रियलसँग बेल र मोड्रीचको साथ् रहने छैन । शनिबार भएको खेलमा पनि दुवै खेलाडी उपस्थित रहेका थिएनन् । जिदानले यी दुईसँगै ड्यानी कार्भाजल, इडेन हाजार्ड र टोनी क्रुसलाई पनि मालोर्काविरुद्ध खेलमा विश्राम दिएका थिए । नतिजा रियल १-० ले पराजित हुन् पुगेको थियो ।

च्याम्पियन्स लिगका लागि भने क्रुस, हाजार्ड र कार्भाजल टोलीमा समावेश भएका छन् । हाजार्ड आफ्नो बच्चाको जन्म भएकाले छुट्टिमा रहेका थिए भने क्रुसको सामान्य चोट ठिक भइसकेको छ । कार्भाजललाई प्रशिक्षक जिदानले च्याम्पियन्स लिगका लागि भनेर नै विश्राम दिएका थिए । लुकास भाज्केज भने अझपनि चोटका कारण मैदानबाहिर रहनेछन् ।

च्याम्पियन्स लिगमा रियलले यसपटक बिर्सनलायक सुरुवात गरेको छ । समूह ए मा रहेको रियल अंक तालिकाको पुछारमा छ । पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-० ले पराजित भएपछि दोस्रो खेलमा क्लब ब्रुजसँग बराबरीमा रोकिएको थियो । रियल एक समय ब्रुजविरुद्ध २-० ले पछाडी परेपनि २-२ को बराबरी गर्न सफल रहेको थियो । अंक तालिकामा पीएसजीको ६ अंक छ भने क्लब ब्रुजको २ तथा रियल र गालाटासरेको १-१ अंक रहेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.