default_image

5 years ago

October 21, 2019

साविक विजेता पन्छाउँदै आर्मी सेमीफाइनलमा

भरतपुर (हाम्रो खेलकुद) – साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको दोस्रो मिनेटमै आर्मीका लागि मिडफिल्डर सन्तोष तामाङले फ्रीकिकमार्फत […]

30 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको दोस्रो मिनेटमै आर्मीका लागि मिडफिल्डर सन्तोष तामाङले फ्रीकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो । विपक्षी खेलाडीले आर्मीका कप्तान भरत खवासलाई लडाएपछि पाएको फ्रीकिकमा राष्ट्रिय खेलाडी सन्तोषले सुन्दर गोल गरे ।

विकास रनिङ शिल्डको १३ औं संस्करण विजेता एपीएफ हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि उसले झापा–११ लाई सडन डेथमा पराजित गरेको थियो । उत्कृष्ट प्रदर्शन गरेका आर्मीका डिफेन्डर विमल पाण्डेले म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए । अब सेमीफाइनलमा आर्मीले गृहटोली चितवन–११ को सामना गर्नेछ ।

प्रतियोगितामा छैटौं दिन मंगलबार जावलाखेल युथ क्बल र संकटा क्बल काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.