default_image

5 years ago

October 22, 2019

रोमाञ्चक जितसहित संकटा सेमिफाइलनमा

61 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– ए डिभिजन प्रतिद्वन्द्वि जावलाखेल क्लबविरुद्ध रोमाञ्चक जित हात हासिल गर्दे सिएमजी क्लब संकटा टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेफिाइनलमा पुगेको छ । संकटाले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा मंगलबार निकै प्रतिस्पर्धात्मक खेलमा संकटाले जावलाखेललाई टाइब्रेकरमा ४–२ गोलअन्तर हराउँदै अन्तिम चारमा पुगेको थियो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि संकटाले टाइब्रेकरमा बाजी पारेको थियो । जावलाखेलका विमल घिसिङको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले रोकेपछि जावलाखेल उपाधि यात्राबाट बाहिरिएको थियो ।

निर्धारित समय खेल अधिकांश समय संकटाले नियन्त्रण कायम गरेको थियो । विश्वास श्रेष्ठले १५ औं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएको थियो । त्यसपछि पाएका कयौं मौका गुमाएको जावलाखेलले बराबरी गर्न इञ्जुरी समयसम्म कुर्नुप¥यो । विमल घिसिङले इञ्जुरी समयमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काएका थिए ।

संकटाका गोलकिपर राजाबाबु थापा म्यान अफ दी घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे । यो सँगै सेमिफाइनल समिकरण पुरा भएको छ । बुधबार पहिलो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र गृह टोली चितवन ११ बीच हुनेछ । चितवन जिल्ला फुटबल संघ सअआयोजक रहेको प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ र दोस्रो टोलीले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.