default_image

5 years ago

October 23, 2019

डिबाला चम्कँदा युभेन्टसको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिब्याला चम्किएपछि इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा पूनरागमज जित निकालेको छ । घरेलु मैदान एलिनाज एरिनामा मंगलबार राति भएको खेलमा युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै पूनरागमन जित निकालेको हो । खेलको ३०औं मिनेटमा एलेक्से मिरनचुकले गोल गरेपछि पाहुना टोलीले बलियो युभेन्टसविरुद्ध अप्रत्यासित अग्रता लिएको थियो […]

37 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिब्याला चम्किएपछि इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा पूनरागमज जित निकालेको छ ।

घरेलु मैदान एलिनाज एरिनामा मंगलबार राति भएको खेलमा युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै पूनरागमन जित निकालेको हो । खेलको ३०औं मिनेटमा एलेक्से मिरनचुकले गोल गरेपछि पाहुना टोलीले बलियो युभेन्टसविरुद्ध अप्रत्यासित अग्रता लिएको थियो । एक गोलले पछि परेपछि युभेन्टसले लोकोमोटिभ मस्कोलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

तर, दोस्रो हाफमा डिब्यालाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टसलाई पूनरागमन जित दिलाए । ७७औं मिनेटमा पाउलो डिब्यालाले जुवान कोर्डाडोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि एलेक्स सान्द्रोको पासमा डिब्यालाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्टस समूह ‘डी’ ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ७ अंक रहेपनि एट्लेटिको मड्रिड शीर्षस्थानमा छ । ३ अंकसहित मस्को ३ अंक जोडेर तेस्रो तथा बायर लिभरकुसेन अंकविहीन हुदै पुछारमा छ । यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन क्लब बायर लिभरकुसेनमाथि १–० को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.