पेरिस (एजेन्सी)– एडम सेजलइ र जोल्टान स्टिबेरको गोलमा हंगेरीले युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह एफमा अस्ट्रियालाई २–० ले हराएको छ ।
हंगेरीका गोलकिपर गाबोर किरलीले युरोपियन च्याम्पियनसिप खेल्ने सबै भन्दा पाको उमेरको खेलाडी बनेको खेलमा ६३ औं मिनेटमा सेजलइले गोल गरेका थिए । त्यसको तीन मिनेट नवित्दै अस्ट्रिया दश खेलाडीमा सिमित भएपनि हंगेरीलाई अर्को गोलका लागि सहज बन्यो । एलेसान्दो डगोचिभले दोहोरोे पहेलो कार्ड खाएपछि मैदान छोड्ना अस्ट्रिया दस खेलाडीमा सिमित भएको थियो । हंगेरीका परिवर्तित खेलाडी स्टिबेरले खेल सकिन तीन मिनेट बाँकी रहँदा दोस्रो गोल गरेका थिए ।