9 years ago
June 14, 2016
पेरिस (एजेन्सी) पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गरेका छन् । युरोपियन च्याम्पियनसिपमा आयरल्यान्डविरुद्धको खेलमा उत्रेपछि १ सय २७ खेलका साथ रोनाल्डोले फिगोलाई भेट्टाएका हुन् ।
आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि फिगोले खुसी हुँदै भने, ‘राष्ट्रिय टोलीका लागि उनी सबैभन्दा महत्वपूर्ण खेलडाी हुन् । उनी विश्वकपका उत्कृष्ट खेलाडी र सबैभन्दा महांगा खेलाडी हुन् । यति बेला उनी उच्च फर्ममा छन् र उनलाई कसैले रोक्न सक्दैनन् । ’
रोनाल्डोले रियाल मड्रिडमा पोर्चुगलबाट भन्दा पनि राम्रो खेल्ने आरोपको फिगोले खण्डन गरेका छन् । ‘क्लब र राष्ट्रिय टोलीबाट खेल्नु विल्कुल भिन्नै विषय हुन् । ’
रोनाल्डोले फिगोका बारेमा आफुले सानैबाट सुनेको चर्चा गर्दै भने, ‘राष्ट्रिय टोलीको प्रसंग उठाउँदा फिगो, रिइ कोस्टा, फर्नान्डो काउटोको उदाहरण दिइन्थ्यो । उनीहसँगै आफुलाई पाउनुलाई सपना पुरा भए सरह हो । म पनि उनीहरु जस्तै व्यवसायिक खेलाडी र राष्ट्रिय टोलीबाट खेल्छु । ’
पोर्चुगलका पूर्व प्रशिक्षक लुइस फिलिपे स्कोलारीले रोनाल्डोले पहिलो पटक राष्ट्रि«य टोलीमा पर्दा उनलाई सहयोग गर्ने फिगो हुन्थ्यो । फिफो र रोनाल्डो पछि बढी खेल्नेमा फर्नान्डो काउटो (११०), नानी (९७) र कोस्टा (९४) छन् ।
रोनाल्डो बढी खेल्ने कीर्तिमानसँग बराबरी मात्र गरेनन् , पोर्चुगलका लागि सबैभन्दा बढी गोल गर्नेमा उनी उनी अगाडी छन् । २००३ यता पोर्चुगलका लागि ५८ गरेका छन् । पाउलेटा (४७), इसियिबो (४१), लुइस फिगो (३२) र नुनो गोमेज (२९) छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]