default_image

5 years ago

October 26, 2019

यू २३ फुटबल टोली भोली फर्कदै

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतारबाट यू २३ को फुटबल टोली आइतबार स्वदेश फर्कने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको फुटबल टोली म्यानमारको यू २२ टोलीसँग मैत्रीपूर्ण खेलका लागि कतार पुगेको थियो ।

कतारमा शुक्रबार साँझ भएको खेलमा २–२ को बराबरीमा टुंगिएको थियो ।
नेपाली यू २३ टोलीले दुई पटक सम्मको अग्रतालाई जोगाउन बराबरीमा चित्त बुझाएको थियो । नेपालका लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरेका थिए । म्यानमारका लागि दुवै गोल ल्विन मोइ औङले गोल गरेका थिए ।

नेपाल साग अन्तर्गत फुटबलको साविक विजेता हो । सन् २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणको फाइनलमा आयोजकलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो ।
यू २३ टोलीमा उमेर भन्दा बढीका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङसहित ५ खेलाडीलाई राखेका छन् । जसमा यू २३ का कप्तानी गरेको सुजल श्रेष्ठ, विक्रम लामा, नवयुग श्रेष्ठ र रोहित चन्द छन् ।

विदेशी लिगमा समेत रहेकाले किरण, रोहितसँगै यू २३ टोलीका विमल घर्तीमगरलाई यसपटक टोलीमा राखिएन । यी सिनियरमध्येबाट ३ खेलाडी सागका लागि अन्तिम छनोटमा पर्ने सम्भावना छ ।

व्यवासायिक फुटबलको जिम्मेवारीका लागि किरण भारत, रोहित इन्डोनेसिया र विमल माल्दिभ्समा रहेका छन् । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

Success

Thank you for your time.