default_image

4 years ago

November 2, 2019

‘उत्कृष्ट खेलाडी बन्न नेयमारले पिएसजी छाड्नु पर्छ’

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नछाड्दा सम्म नेयमार विश्वका उत्कृष्ट खेलाडी हुन नसक्ने ब्राजिलियन पूर्व स्टार रिभाल्डोले बताएका छन् । रिभाल्डोले पिएसजीलाई उत्कृष्ट क्लब भएपनि त्यो क्लबका लागि नेयमारले बार्सिलाना छाड्नु गल्ति भएको पनि बताएका छन् । २७ वर्षे ब्राजिलियन स्टारले यो सिजन फ्रेन्च च्याम्पियन टोली छाडेर पुनः बार्सिलोना फर्कन चाहेका थिए । पटक […]

46 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नछाड्दा सम्म नेयमार विश्वका उत्कृष्ट खेलाडी हुन नसक्ने ब्राजिलियन पूर्व स्टार रिभाल्डोले बताएका छन् । रिभाल्डोले पिएसजीलाई उत्कृष्ट क्लब भएपनि त्यो क्लबका लागि नेयमारले बार्सिलाना छाड्नु गल्ति भएको पनि बताएका छन् ।

२७ वर्षे ब्राजिलियन स्टारले यो सिजन फ्रेन्च च्याम्पियन टोली छाडेर पुनः बार्सिलोना फर्कन चाहेका थिए । पटक पटकको प्रयास असफल भएपछि नेयमार पिएसजीमै रहे । ‘मलाई नेयमारमा पुरा भरोसा छ । तर उनीले पिएजी छाड्न पर्ने हुन्छ । त्यहि कारण पनि हो उनी जुन सुकै मुल्यमा पनि पिएसजी छाड्न चाहन्थे,’ रिभाल्डोले थपे, ‘पिएसजी उत्कृष्ट क्लब हो तर नेयमारको स्तरको क्लब होइन । मलाई लाग्छ विश्व स्तरमा अधिकांशले बार्सिलोना, रियल म्याड्रिड, इग्ल्यान्ड वा जर्मनीको क्लबका बारेमा चर्चा हुने गर्छन । ‘

च्याम्पियन्स लिगमा इतिहास भएको टोलीमा नेयमार हुनुपर्नेमा रिभाल्डोले जोड दिएका छन् । ‘निश्चय नै उनीले च्याम्पियन लिग जिते भने उनी विश्व च्याम्पियन बन्न सक्छन्,’ उनले भने, ‘त्यस्तो हुन सकेमा विश्वको उत्कृष्ट खेलाडी बन्न सक्नेछन् । ‘रिभाल्डोले नेयमार र ब्राजिलियनका पूर्व स्टार रोनाल्डिन्होको तुलना गरेका छन् । रोनाल्डिन्हो पिएसजी छाडेर सन् २००३ मा नोउ क्याम्प पुगेका थिए । त्यहि वर्ष उनले ला लिगा र स्पेनिस सुपर कप जितेका थिए । त्यसपछि २००६ मा च्याम्पियन्स लिग जितेका थिए ।

‘उनी रोनाल्डिन्हो जस्तै हुन् । रोनाल्डिन्हो पिएसजी छाडेर बार्सिलोना पुग र विश्वका उत्कृष्ट खेलाडी बने,’ उनले भने, ‘तर खेल जीवनमा गल्ति हुन्छन् । हामी मान्छे हौं, गल्ति मान्छेबाट हुन्छ । मलाई लाग्छ उनी पिएसजी छानु गल्ति थियो ।’ अझै नेयमारसँग समय रहेकोमा पनि रिभाल्डोले बताए ।

‘उमेर छ । उनीसँग अझै लामो खेल जीवन छ ,’ उनले थपे, ‘उनले यो वर्ष नै करिब करिब पिएसजी छाडेका थिए । मलाई विश्वास छ उनी अर्को वर्ष छाड्नेछन् र विश्वका उत्कृष्ट खेलाडी बन्न सक्नेछन् ।’

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.