default_image

4 years ago

November 2, 2019

नेयमारविनाको पीएसजी पुछारको टोलीसँग पराजित

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब डिजनसँग स्तब्ध बनेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो । डिजनमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको […]

23 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब डिजनसँग स्तब्ध बनेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो ।

डिजनमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मौनिर चोएयरले बराबरी गोल गरे ।

दोस्रो हाफको शुरुमै जोन्डर काडिजको गोलाट डिजनले खेलमा २–१ को अग्रता बनायो । खेलमा पछि परेपछि पीएसजीले दोस्रो हाफमा लगतार डिजनलाई दवावमा राखेपनि गोल गर्न सकेन ।

६४औं मिनेटमा एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो । ६६औं मिनेटमा एमबाप्पेको पासमा इकार्डी बराबरी गोलबाट चुक्यो । लगत्तै लियान्द्रो पारेडेसले प्रहार पनि पोस्टमा लाग्दै बाहिरिदा पीएसजी बराबरीबाट चुकेको थियो । त्यसपछि गोल निस्कन नसक्दा पीएसजी स्तब्ध बन्न पुग्यो ।

हारपछि पनि पीएसजी १२ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको डिजन पुछारबाट उक्लँदै १८औं स्थानमा छ । डिजनको १२ अंक छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.