default_image

4 years ago

November 3, 2019

डर्टमन्डको प्रभावशाली जित

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशली जित हात पारेको छ । डर्टमन्डले वल्सवर्गमाथि ३–० को प्रभावशाली जित हात पारेको हो । वल्सवर्गले डर्टमन्डलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ५२औं मिनेटमा थोर्गन हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनायो । ५८औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पार्‍यो । […]

25 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशली जित हात पारेको छ । डर्टमन्डले वल्सवर्गमाथि ३–० को प्रभावशाली जित हात पारेको हो ।

वल्सवर्गले डर्टमन्डलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ५२औं मिनेटमा थोर्गन हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनायो । ५८औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पार्‍यो । खेल सकिन दुई मिनेट बाँकी रहँदा मारियो गोट्जेले पेनाल्टीमा गोल गर्दै डर्टमन्डलाई ३–० को प्रभावशाली जित दिलाए ।

जितसँगै डर्टमन्ड १९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २२ अंकसहित बोरुसिया मोन्चेग्लावाच शीर्षस्थानमा छ । पराजित वल्सवर्ग १७ अंक जोडेर सातौ स्थानमा छ ।

बुन्डेस लिगाकै अर्काे खेलमा बोरुसिया मोन्चेग्लावाचले बायर लिभरकुसेनलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । मोन्चेग्लावाचको १० खेलबाट २२ अंक छ । पराजित लिभरकुसेन १०औं स्थानमा छ ।

टिमो वेर्नरले ह्याट्रिक सहयोगमा आरवी लेइप्लिजले मेइन्जमाथि ८–० को फराकिलो जित हात पारेको छ । जितसँगै लेइप्लिज तेस्रो स्थानमा उक्लिएको छ । मेइन्ज ९ अंकसहित १४औं स्थनमा छ ।

अन्य नतिजा
होफेनहाइनविरुद्ध पादेरवर्न (–०)
फ्रान्कफर्टविरुद्ध बायर्न म्युनिख (–१)
वेर्डर ब्रेमेनविरुद्ध फ्रेइवर्ग (२–२)
युनियन बर्लिनविरुद्ध हर्था बर्लिन (–०)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.