default_image

4 years ago

November 7, 2019

युभेन्टस नकआउट चरणमा, एट्लेटिकोको हार

एजेन्सी – इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए । खेलमा अग्रता युभेन्ट्सले […]

38 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए । खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको चौथो मिनेटमा युभेन्ट्सलाई अघि बढाएका थिए ।

१२औ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा कोस्टाले गोल गर्दै युभेन्टसलाई महत्वपुर्ण ३ अंकसहित च्याम्पियन्स लिगको नकआउट चरणको यात्रामा डोर्‍याए । समूह ‘डी’ मा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो । मस्कोको मात्र ३ अंक छ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड जर्मन क्लब बायर लिभरकुसेनसँग २–१ ले पराजित भएको छ । थोमसको आत्मघाती गोलबाट लिभरकुसेन खेलमा अघि बढेको थियो । ५५औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै लिभरकुसेनको अग्रता दोब्बर पारे । इन्ज्युुरी समयको थप गरिएको चौथो मिनेटमा अल्भरो मोराटाले गोल गरेपछि एट्लेटिकोले हार टार्न सकेन ।

पराजित एट्लेटिको ७ अंक जोडेर दोस्रो तथा च्याम्पियन्स लिगमा लिभरकुसेनले ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.