6 years ago
November 21, 2019
सुबास हुमागाईं, काठमाडौं
रियल म्याड्रिड र ग्यारेथ बेलबीच पछिल्ला समय सम्बन्ध फेरी चिसिएको छ । विगत केहि सिजनयता नै बेल रियलका लागि टाउको दुखाइ बन्दै आएका छन् । अझ रोनाल्डोको प्रस्थानपछि निकै आशा गरिएका उनी कहिले चोट त कहिले प्रशिक्षकसँग समस्याका कारण लगातार टोलीमा रहेका छैनन् ।

यसै साता बेलले रियल म्याड्रिडलाई निराश बनाउने अर्को कार्य गरेका छन् । वेल्सले युरोपेली च्याम्पियनसिपमा छनोट हुने पक्का भएपछि केहि समर्थकले ल्याएको झन्डालाई बेलसहितका केहि खेलाडीले निकै रमाइलो ढंगले प्रस्तुत गरे । उक्त वेल्सको राष्ट्रिय झन्डामा लेखिएको थियो, ‘वेल्स, गल्फ, म्याड्रिड : इन द्याट अर्डर’ अर्थात बेलले आफ्नो लागि पहिला वेल्स, अनि गल्फ र त्यसपछि मात्र म्याड्रिडलाई आफ्नो सुचिमा राखेका छन् ।
सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा रियल म्याड्रिड आएका बेलले क्लबका लागि निर्णायक प्रदर्शन पनि गरेका छन् । तर, समर्थकमाझ भने उनी यस्तै कार्यले गर्दा प्रिय हुन सकेका छैनन् । बेललाई लिएर समर्थकहरु दिन प्रतिदिन रुष्ट बन्दै गइरहेका छन् । यसपटक समर ट्रान्सफरमा बेल चीन जाने लगभग पक्का भइसक्दा अन्तिम समयमा प्रशिक्षकले उनलाई फिर्ता बोलाएका थिए ।

तर त्यसपछि प्रशिक्षक र उनीबीच राम्रो सम्बन्ध बन्न सकेको छैन । उनको पछिल्लो व्यवहारले जिदान पनि अब उनको पक्षमा नरहने लगभग पक्काजस्तो देखिएको छ । रियलका लागि कोपा डेल रे फाइनलमा गरेको जादुमयी गोल होस् या १३ औं उपाधि दिलाउन गरेको अद्भुत प्रदर्शन ।
समर्थकहरुका लागि बेललाई विशेष समर्थन गर्न थुप्रै क्षण छन् । तर उनले गरेको मैदानबाहिरको हर्कतले भने समर्थकहरुले यो सब बिर्सेका छन् । अहिलेको अवस्थामा लुका मोड्रीच, करीम बेन्जेमा, मार्सेलो जस्ता खेलाडीले क्लब छाडेमा उनीहरु समर्थकका नजरमा लेजेण्ड नै हुनेछन् । तर तुलनात्मक रुपमा बढी सफलताका कारण बनेका बेल भने ठिक विपरित हुनेछन् । उनले कहीले पनि समर्थकमाझ आफूलाई राम्रो देखाउने कार्य गरेनन् ।
रियलले पनि बेललाई आवश्यकता भन्दा बढी समय क्लबमा राखेको भान हुन थालेको छ । त्यसैले अब बेलको भविष्य रियलबाहिर नै रहेको प्रष्ट छ । चाहे त्यो समर्थकको लागि होस्, प्रशिक्षकको लागि होस् या उनी आफैंको लागि ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]