default_image

4 years ago

November 29, 2019

जापानी खेलाडी चम्कँदा आर्सनल घरेलु मैदानमा पराजित

एजेन्सी – जापानी मिडफिल्डर दाइची कामादाको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टसँग घरेलु मैदानमा स्तब्ध बनेको छ । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको हो । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन दाइची कामदाले दुई गोल गरे । आसर्नलका पिएरे इमरिक औवामियाङले गरेको गोल […]

33 views

0 Bookmark

एजेन्सी – जापानी मिडफिल्डर दाइची कामादाको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टसँग घरेलु मैदानमा स्तब्ध बनेको छ । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको हो ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन दाइची कामदाले दुई गोल गरे । आसर्नलका पिएरे इमरिक औवामियाङले गरेको गोल सान्तवना बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा औवामियाङले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन ।

५५औं मिनेटमा कामदाले पहिलो गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ड्यानी दा कोस्टाको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा कामदाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्टलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल घरमै २–१ ले स्तब्ध बन्न पुग्यो ।

हारसँगै आर्सनल समूह ‘एफ’ मा ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ । फ्रान्कफर्ट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
यही समूहको अर्काे खेलमा भिटोरिया डि गुइमारेइस र स्टान्डर्ड लिएजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छन् । स्टान्डर्ड लिएजको ७ तथा गुइमारेइसको २ अंक छ ।

अन्य नतिजा

क्रान्सोडरविरुद्ध बसेल (–०)

ट्रावजन्सपरविरुद्ध गेटाफे (०–१)

बेसिक्टासविरुद्ध स्लोभान ब्राटिसलाभा (–१)

ब्रागाविरुद्ध वल्भ्स (३–३)

सिएसकेएविरुद्ध लुडोगोरेट्स (१–१)

एफसी ओलेक्सान्द्रियविरुद्ध वल्सवर्ग (०–)

फेरेन्कभारोसविरुद्ध इस्पान्योल (२–२)

फियोनोर्डविरुद्ध रेन्जर्स (२–२)

इस्तानबुलविरुद्ध रोमा (०–)

सेन्ट एटिएनविरुद्ध जेन्क (०–०)

वल्सवर्गरविरुद्ध मोन्चेनग्लाडवाक (०–)

योङ ब्वाइजविरुद्ध एफसी पोर्टाे (१–)

सेल्टिकविरुद्ध रेनिस (–१)

डुडेलेन्जविरुद्ध अपोइल निकोसिया (०–)

लजियोविरुद्ध सिएफआर क्लुज (१–०)

लुगानोविरुद्ध कोपेनहेगन (०–)

माल्मोविरुद्ध डाइनामो किएभ (–३)

रोजेनवर्गविरुद्ध लास्क (१–)

सेभिल्लाविरुद्ध क्वारावाग (–०)

स्पोर्टिङ लिस्वनविरुद्ध पीएसभी इन्डोभेन (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.