default_image

6 years ago

December 7, 2019

साग महिला फुटबल – व्यवस्थापक पेमाको टोलीलाई उपहार

169 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतविरुद्ध खेल्नु अघिल्लो दिन नेपाली टोलीकी व्यवस्थापक पेमा डोल्मा लामा श्रेष्ठले खेलाडीको उत्साह बढाउन ट्रयाकसुट प्रदान गरेकी छिन् । श्रेष्ठ टोलीका खेलाडी तथा अफिसियाल गरि कुल २६ लाई एक एक सेट केल्मीको ट्रयाकसुट प्रदान गरेकी हुन् ।

फाइनलमा पुगिसकेका नेपाल र भारतबीच आज राउन्ड रोविन लिगमा प्रतिस्पर्धा हुनेछ । दुवैले अघिल्ला दुवै खेल जित्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । दुवैको समान ६ अंक छ । दुवैले श्रीलंका र माल्दिभ्सलाई हराएका र्थि । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० र अर्को खेलमा माल्दिभ्समा ३–० ले हराएको थियो ।

भारतले पहिलो खेलमा माल्दिभ्सलाई ५–० र श्रीलंकालाई ६–० ले हराएको थियो । दुवै खेल गुमाएका श्रीलंका र माल्दिभ्स र गोलअन्तरका आधारमा श्रीलंका तेस्रो र माल्दिभ्स चौथो स्थानमा रहेका छन् । आजै श्रीलंका र माल्दिभ्स राउण्ड रोविनको अन्तिम खेल खेल्दै छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भारतसँग फाइनल खेल्नुअघि उसको बलियो र कमजोर पक्ष केलाउने अवसर मिल्ने बताएका छन् । उनले घरेलु मैदानमा स्वर्ण पदक जित्ने मौका आएको र त्यसका लागि टोली तयार रहेको बताएका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.