default_image

6 years ago

December 7, 2019

अनन्तको गोलमा नेपालको जित

419 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय यू२३ फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ११ अौं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल सुरुवाती अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि बारमा लाग्दै फर्केको थियो ।

१८ अौं मिनेटमा माल्दिभ्सले अग्रता लियो । कर्नरमा आएको बललाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका इब्राहिम हुसेनले वन टचमा सहजै गोल गरे ।

२७ अौं मिनेटमा हैसम हसानको कर्नरमा अनन्त तामाङको हेडरले गोलरक्षक बिट भएपनि हैसम हसानले गोललाइनबाट उक्त प्रहार क्लियर गरे । त्यसको एक मिनेटमा नै गोलरक्षक विकेश कुथुले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै इब्राहिमलाई अग्रता दोब्बर पार्न दिएनन् । ३१ अौं मिनेटमा इब्राहिमले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो ।

३५ अौं मिनेटमा हम्जा मोहमदले काउन्टर अट्याकमा गरेको आक्रमणलाई ६ यार्ड बक्स नजिकबाट फिनिस गर्न सकेनन् ।

४२ अौं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । अभिषेक रिजालको उत्कृष्ट ड्रिब्लिङपछिको पासलाई सुजलले पेनाल्टी क्षेत्रभित्र सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल पारे ।

त्यसको एक मिनेटमै नेपालले बराबरी गोल गर्यो । अभिषेक रिजालले पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको हाफ भली प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५२ अौं मिनेटमा नेपालले अग्रता लियो । सुनिल बलको कर्नरमा अनन्त तामाङको लो हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन् । लगत्तै माल्दिभ्सका इब्राहिमले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७० अौं मिनेटमा विक्रम लामाको लामो फ्रिकिमा अनन्तको हेडरले गोलरक्षकलाई समस्या दिन सकेन । लगत्तै हैसामले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक विकेशले बचाए ।

यस नतिजासँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.