default_image

6 years ago

December 7, 2019

श्रीलंकाविरुद्ध सानदार जितसँगै भुटान फाइनलमा

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ फाइनलमा स्थान पक्का गरेको छ ।

भुटानले श्रीलंकामाथि ३-० को फराकिलो जित दर्ता गर्दै स्वर्ण भिडन्तमा स्थान पक्का गर्यो । भुटानले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । भुटानका लागि खेलको १८ औं मिनेटमा छिमी दोर्जीले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६९ औं मिनेटमा भुटानले पेनाल्टीको अवसर पायो । दावा छिरिङले पेनाल्टीमा गोलरक्षकलाई गलत दिशामा पठाउँदै भुटानको अग्रता दोब्बर पारे । खेलको १० मिनेट समय बाँकी रहँदा यसी दोर्जीले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई चिप गर्दै भुटानको जित पक्का गरे । यससँगै भुटानले ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

यसअघि नेपाल पनि माल्दिभ्सलाई २-१ ले पराजित गर्दै फाइनलनजिक पुगेको थियो । भुटानको जितले भने नेपालले अब अन्तिम लिग खेलमा बंगलादेशसँग कम्तिमा १ अंक जोड्नुपर्ने समीकरण आएको छ । बंगलादेशसँग पराजित भएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

अंक तालिकामा भुटान ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ । नेपालको ३ खेलमा ७ अंक छ भने बंगलादेशको समान खेलमा ४ अंक रहेको छ । माल्दिभ्स र श्रीलंका ४ खेलमा २-२ अंक जोड्दै खालि हात फर्केका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.