default_image

6 years ago

December 8, 2019

‘बंगलादेश जितोस्, फाइनलमा नेपालीको साथ पाउँछौं’

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइतबार नेपाल र बंगलादेशबीच १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेल हुँदैछ । यस खेलको नतिजाले नै स्वर्ण पदक भिडन्तमा भुटानको प्रतिद्वन्द्वीको छिनोफानो हुनेछ ।

आइतबार हुने खेलमा नेपालले बंगलादेशविरुद्ध हार टार्न सके फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ । बराबरी भएको खण्डमा दोस्रो स्थानमा रहेर स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पराजय भोगेको खण्डमा भने नेपाल कास्यमा सिमित हुनेछ । खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २-२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।

भुटानले शनिबार भएको दोस्रो खेलमा श्रीलंकामाथि ३-० को सानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । उक्त खेलपछि पत्रकार सम्मेलनमा बोल्दै भुटानका प्रशिक्षक पेमा दोर्जीले ऐतिहासिक जित दर्ता गरेकोमा निकै खुसी रहेको बताए । ‘हामी निकै खुसी छौं । खेल सुरु हुनुअघि जित दर्ता गर्छौं भन्ने थियो, तर यो स्कोरमा होइन । एक वा दुई गोलले जित्न सकिन्छ भन्ने थियो, तर खेलाडीले दोस्रो हाफ निकै राम्रो खेले,’ उनले भने ।

श्रीलंकाविरुद्ध खेलमा भुटानको समर्थनमा झन्डै २ हजार संख्यामा दर्शक रहेका थिए । अधिकांश नेपाली दर्शकले पनि भुटानकै समर्थन गरिरहेका थिए । प्रशिक्षक पेमाले दर्शकको साथले पनि टोलीको मनोबल बढेको बताए । ‘ दर्शकहरुको साथले पनि हामीलाई सहयोग पुग्यो । जित दर्ता गरेपछि हामीले समर्थकहरुसँग खुसी साटयौं । केहि खेलाडी भावुक भएर आँसु पनि झारे । यो सब कडा मिहिनेतको फल हो,’ उनले थपे ।

पेमालाई फाइनलमा नेपाल र बंगलादेशमध्य कुन टोलीको सामना गर्न चाहनुहुन्छ भन्ने प्रश्न गर्दा उनले हाँस्दै बंगलादेश रोजे । ‘ बंगलादेश नै आवोस् । यसो हुँदा हामीले नेपाली समर्थकको साथ पनि पाइन्छ । बंगलादेशसँग खेल्दा नेपाली दर्शकले हाम्रो नै समर्थन गर्नुहोला,’ उनले भने ।

आइतबार हुने खेलमा नेपालले बंगलादेशविरुद्ध हार टार्न सके फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ । बराबरी भएको खण्डमा दोस्रो स्थानमा रहेर स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पराजय भोगेको खण्डमा भने नेपाल कास्यमा सिमित हुनेछ । खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २-२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.