default_image

6 years ago

December 8, 2019

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १-० को जित दर्ता गर्दै स्वर्ण भिडन्त तय गर्यो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो ।

। २६औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार गोलरक्षक अनिसुर रहमानले बचाउदा नेपाल अग्रता दोब्बर पार्न बाट चुकेको थियो । ३०औं मिनेटमा नेपालका गोलरक्षक विकेश कुथुले कर्नरबाट आएको बललाई पञ्च गरेर बचाइदिए ।

दोस्रो हाफमा घरेलु टोली नेपाललाई दवावमा राखेपनि नेपालले शुरुमै लिएको अग्रता जोगाइराख्न सफल भयो । ५७औं मिनेटमा सुनिल बलको बक्स बाहिरको प्रहार डिफेन्डरलाई लाग्दै दोस्रो बारबाट थोरै बाहिरिदा नेपालले अग्रता दोब्बर बनाउनबाट चुक्यो । ६१औं मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । रियादल हसनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

६५औं मिनेटमा सुनिल बलको क्रसमा कप्तान सुजलको हेडर पोस्टबाट थोरै बाहिरियो । ७०औं मिनेटमा गोलरक्षक अनिसुर रहमनले नियन्त्रणमा लिन नसकेको बललाई अभिषेक रिजालले खाली पोस्टमा गोल गर्न सकेन । उनको प्रहार आकासिएको थियो ।

नेपाल यस नतिजासँगै लिग चरणको विजेता बन्यो । लिगमा नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गर्यो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २-२ अंकसाथ पुछारमा रहे ।

नेपालले अब मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । नेपाल साग फुटबलको साविक विजेता पनि हो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.