6 years ago
December 9, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध खेल्दैछ । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । उक्त खेलको पहिलो हाफको बालादेवीले गरेको गोल नै निर्णायक सावित भयो । भारतले एकमात्र गोल गरेपनि खेलको अधिकांश समय नेपालले दवाव बनाएको थियो । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बिरलै बल बचाउनुपरेको थियो ।
पछिल्लो समय नेपाल र भारतबीच निकै प्रतिस्पर्धात्मक खेल हुँदै आएको छ । विगतमा अौपचारिकता जस्तो रहने खेल हिजोआज दुवै टोलीमा अन्तर खासै देखिन्न । नेपालले अघिल्लो वर्ष भारतमै भएको हिरो गोल्डकपमा भारतलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यसयता नेपाल र भारतबीच नेपालमै पनि खेल भयो, तर दुर्भाग्यवश नेपाल फाइनलमा पराजित हुन पुग्यो ।
नेपाली टोलीलाई पोखरामा पुन: एकपटक इतिहास रच्ने अवसर छ । भारतलाई हराउन सके नेपालले महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने छ । यसका लागि टोली पनि तयार छ । पोखरेली समर्थकमाझ साग स्वर्ण दिलाउन फरवार्ड सावित्रा भण्डारीमाथि निकै अपेक्षा राखिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]