6 years ago
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा ब्रिगेड ब्वाइज क्लबले शहिद स्मारक ए डिभिजन लिगको लागि टोली घोषणा गरेको छ ।

क्लबले पछिल्लो सिजनबाट केहि अनुभवी खेलाडी थप्दै लिगका लागि बलियो टोली घोषणा गरेको छ । टोलीमा अनिलले कप्तानी गर्दा राष्ट्रिय टोलीबाट खेलिसकेका विजय गुरुङ पनि अनुबन्धित भएका छन् । लामो समयदेखि घरेलु फुटबल खेल्दै आएका उत्तम गुरुङ पनि टोलीमा छन् । राष्ट्रिय यू-१९ टोलीमा रहेका अधिकांश खेलाडीलाई क्लबले पुन: अनुबन्धित गरेको छ ।
कार्यवाहक अध्यक्ष लालकुमार पुन
निकै मिहिनेत गरेका छौं । भोली मैदानमा उत्रने बेला हो । क्लब कमिटिका साथिहरुलाई धन्यवाद भन्न चाहन्छु । जति समस्या आएपनि अन्त्यमा यसले हामीलाई खुसी दिन्छ । यो हाम्रो प्यासन भएकाले नै यसरी लाग्न सकेका छौं । सबै खेलाडीलाई शुभकामना दिन चाहन्छु । यो टिमले खेल्ने खेल हो र सबैले उत्कृष्ट प्रदर्शन गर्नुहुन्छ भन्नेमा आशावादी छु ।

अर्विन गुरुङ, टिम व्यवस्थापक
हामीले पछिल्लो सिजन निकै युवा खेलाडी समेटेर टोली गठन गरेका थियौं । यसपटक टोलीमा अनुभवी खेलाडी पनि समावेश गरेको छौं । अब हामीले नतिजा दिने समय आएको छ । हाम्रो लक्ष्य यसपटक शीर्ष पाँचमा पर्ने लक्ष्य हुनेछ ।

अनिल गुरुङ, कप्तान
हाम्रो टिममा निकै प्रतिभावान खेलाडी छन् । युवा खेलाडीबाट म निकै प्रभावित भएको छु । यो सबै युवा खेलाडीको लागि राम्रो अवसर हो । अहिले यू-२३ टोलीको खेलाडीले सागमा स्वर्ण पदक जितेका छन् । म सबैलाई बधाई दिन चाहन्छु । अब अर्को संस्करणमा यस टोलीबाट पनि केहि खेलाडी टोलीमा पर्छन् भन्ने विश्वास छ ।

खगेन्द्र पुन, प्रशिक्षक
टिम निकै राम्रो छ । हाम्रो टिममा अधिकांश खेलाडी लामो समयदेखि सँगै खेल्दै आउनुभएको छ । क्लबले खेलाडीमाथि विश्वास गरेको छ र अब खेलाडीले क्लबका लागि नतिजा दिने हो । हामीले क्लबको नाम फुटबलमा नतिजा दिएर देशभर चिनाउने छौं ।

बीबीसीको टोली :
अनिल गुरुङ
विजय गुरुङ
उत्तम गुरुङ
जय गुुरुङ
सुवित कार्की
मनोज राई
रजत तिवारी
रोशन राना मगर
रन्दीप पौडेल
ऋतिक खड्का
पदम भट्टाराइ
व्रिजेश चौधरी
शिशिर लेखी
विशाल सुनार
एन्जल महर्जन
पृथ्वी चौधरी
रोशन दोङ
जिवन भट्टराई
दिपेङ्क राज सिंह
ताजुद्दिन बुसारी
जर्ज विन्सेन्ट
ओलाकेजी इशाक ऐरी
खेलाडी अनुबन्धका तस्बिर :

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]