default_image

6 years ago

December 13, 2019

अधिकांश प्रशिक्षकको उपाधि जित्ने लक्ष्य

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग शनिबारदेखि सुरु हुँदैछ । यसक्रममा हरेक क्लबका प्रशिक्षकले लिगअघि आफ्नो तयारी र लक्ष्यबारे राखेको आफ्नो धारणा यसप्रकार छ :

न्यू रोड टिम (एनआरटि):

राजुकाजी शाक्य, प्रशिक्षक

एक महिनादेखि लिगको नै तयारीमा छौं । केहि खेलाडी यू-२३ मा आबद्ध हुँदा टिम सेटमा केहि असर परेको छ । मेरो एनआरटिमा आबद्धताको कुरा गर्नुपर्दा व्यवस्थापनले मलाई बोलाएपछि फर्कन चाहेका हो । विगतमा लिगमा केहि अभागी नै सावित हुँदै आएको छु । यसपटक राम्रो प्रदर्शन गरेर राम्रै स्थान हासिल गर्ने आशा छ ।

त्रिभुवन आर्मी क्लब :

नविन न्यौपाने, प्रशिक्षक

उपाधि जित्ने लक्ष्यसहित तयारी गरेका छौं । साग र राष्ट्रिय टोलीको प्रशिक्षणले भने केहि असर परेको छ । गत सिजन पनि उपाधि होडमा थियौं । त्यसमा हामी ड्र गर्दै धेरै अंक गुमाउनु पर्यो । यसपटक

भरत खवास, कप्तान

तयारी राम्रो भएको छ । लिगमा उपाधिका लागि खेल्ने हो । अहिले नै कुनै टिम कमजोर छ भन्न सकिन्न । हाम्रो नियमित प्रशिक्षण भैरहेको छ । यू-२३ का खेलाडी समेत नहुँदा भने प्रशिक्षणमा केहि असर परेको हो । आउने दिनमा खेल खेल्दै गएपछि हामीले लिगमा राम्रो पोजिसन पाउने आशा राखेका छौं ।

मछिन्द्र क्लब :

प्रवेश कटुवाल, प्रशिक्षक

झन्डै ३ साता प्रशिक्षण गरेका छौं । स्टार खेलाडी अनुबन्ध गरेका छौं । लामो समय अन्य टोलीबाट सँगै खेलेका खेलाडी छन् । तयारीमा सोचेजस्तो समय नपाएपनि उपाधिको लागि खेल्ने छौं । यू-२३ टोलीका खेलाडी साथमा नहुँदा केहि असर परेपनि टोली राम्रो छ ।

विराज महर्जन, कप्तान

नयाँ क्लबमा आउँदा एकदम उच्च मनोबल छ । तयारीमा कम समय पाएका हुनाले समस्या भने छ । तर टोली निकै राम्रो छ । लिग उपाधिको लक्ष्य लिएर नै हामी अगाडी बढेका छौं । सबै खेलाडी एकजुट भएर खेल्नेछौं ।

नेपाल पुलिस क्लब :

भरत शाह, व्यवस्थापक

हाम्रो नियमित तयारी भइरहेको छ । हामीले पुराना खेलाडीलाई नै निरन्तरता दिँदै तयारी गरेका छौं । टोलीको लक्ष्य लिग उपाधि जित्ने नै हो । संस्थाको ड्युटीका कारण तयारी पर्याप्त नरहेपनि हामी मैदानमा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्नेछौं ।

भोला सिलवाल, खेलाडी

नियमित प्रशिक्षण र मोफसलको प्रतियोगिताले हाम्रो तयारी राम्रो छ । तेज तामाङ बाहेक हरेक खेलाडी टोलीमा नै रहेका छन् । प्रवेश दनुवारका रुपमा नयाँ खेलाडी पनि आएका छन् । लिगमा राम्रो पोजिसनमा आउने लक्ष्य रहेको छ । मुख्य प्रशिक्षक अनन्त थापा ए लाइसेन्समा हुँदा पछिल्लो तीन सातादेखि प्रशिक्षणमा रहेकाले केहि असर पक्कै परेको छ । विगतको तुलनामा टोली कमजोर नै हो । नयाँ राम्रा खेलाडी अनुबन्ध गर्न इच्छा हुँदाहुँदै पनि खेलाडीबाट विगतजस्तो उत्साह पाएका छैनौँ ।

च्यासल युवा क्लब :

बालगोपाल साहुखल, प्रशिक्षक

तयारीमा यू-२३ का खेलाडी नहुँदा असर परेको छ । ए डिभिजन लिगमा पहिलो पटक प्रशिक्षक भएपनि उपाधि लक्ष्य रहेको छ । टोलीमा जापानी खेलाडी पनि आबद्ध छन् । अन्य विदेशी खेलाडीभन्दा प्राविधिक रुपमा निपुण नै छन् । सन्तोष साहुखल, सुनिल बल, एलन न्यौपानेका रुपमा अनुभवी खेलाडी पनि रहेका छन् ।

नेपाल एपीएफ क्लब

राजेन्द्र तामाङ, प्रशिक्षक

तयारीको लागि साउनदेखि नै छु । यसक्रममा मोफसलका तीन प्रतियोगिता खेल्यौं । चन्द्रागिरी गोल्डकपमा उपाधि जितेर मनोबल उच्च रहेको छ । तयारी अनुसार लिगमा राम्रो स्थान आउने आशा गरेका छौं । यू-२३ का राजीव लोप्चन पनि हाम्रो टोलीमा छन् । हामी कुनैपनि खेलमा दवाव नहुने गरि खेल्न चाहन्छौं । खेल्ने शैलीलाई परिवर्तन गर्दा केहि खेलाडीलाई खेल्न कठिन भएको छ ।

टोप बहादुर विष्ट, कप्तान

तयारी राम्रो छ । नयाँ सिस्टममा खेलिरहेका छौं । लिगको माथिल्लो पोजिसनमा रहने लक्ष्य रहेको छ । लिग खेलेको अनुभवी खेलाडी नहुनुले पनि प्रदर्शनमा उतारचढाव आउने गरेको हो ।

हिमालयन शेर्पा क्लब

अशोक श्रेष्ठ, व्यवस्थापक

काठमाडौंमा मैदान समस्याका कारण हामीले पोखरामा प्रशिक्षण गर्यौं । हामीले अब धुलिखेलमा प्रशिक्षण गर्ने निर्णय गरेका छौं । लगभग पुरानै टोली लिएर लिगमा खेल्नेछौं । गतवर्ष भन्दा राम्रो पोजिसन ल्याउने लक्ष्य रहेको छ ।

ब्रिगेड ब्वाइज क्लब

अर्विन गुरुङ, व्यवस्थापक

युवा खेलाडी कै बाहुल्यता रहेको छ । केहि अनुभवी खेलाडी थपेर टोलीलाई केहि बलियो बनाउने प्रयास गरेका छौं । वहाँहरुको अनुभवले टोलीको प्रदर्शनमा पनि सुधार हुने अपेक्षा छ । लिगमा शीर्ष ६ स्थान ल्याउने लक्ष्य हो ।

मनाङ मर्स्याङ्दी क्लब

तोपे फुजा, प्रशिक्षक

ठूलो खेलाडीको नामले खेल्ने हैन । राम्रो खेलाडीले लिग जित्ने हो र योजनामा खेलाडीले खेल्नु पर्छ । को खेलाडी राख्ने र नराख्ने भन्ने विषयमा मैले निर्णय लिएको छैन । हाम्रो टोली राम्रो छ र उपाधि रक्षा गर्ने नै लक्ष्य रहेको छ ।

संकटा क्लब, फ्रेन्ड्स क्लब, जावलाखेल युवा क्लब, सरस्वती युवा क्लब र थ्री स्टार क्लबका प्रतिनिधि भने पत्रकार सम्मेलनमा उपस्थित रहेनन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.