6 years ago
December 13, 2019
ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले गत सिजन ‘रेलिगेसन बिनाको लिग’ मा तत्कालिन यू-१६ राष्ट्रिय टोलीको लगभग सबै खेलाडीलाई अनुबन्ध गर्दै ए डिभिजन लिगमा उतार्यो । युवा खेलाडीलाई शीर्ष श्रेणीको फुटबलमा अवसर दिएर बीबीसीले प्रयोग गरेको थियो ।

लिगको अन्तिम तालिका हेर्ने हो भने नतिजाको हिसाबले उक्त प्रयोग सफल रहयो । प्रदर्शनको हिसाबमा क्लबले अपेक्षा गरेभन्दा राम्रो प्रतिफल पायो । यू-१८ लिगमा क्लबका लागि खेलेका खेलाडीलाई नै समेट्दै बीबीसीले लिगको टोली घोषणा गरेको थियो । यस सिजन पनि बीबीसीले तिनै खेलाडीलाई टोलीमा राखेको छ । फरक यति छ कि यसपटक क्लबले केहि अनुभवी खेलाडी थपेको छ ।
यसपटक बीबीसीमा राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ, राष्ट्रिय टोलीबाट लामो समय खेलेका मिडफिल्डर विजय गुरुङ र घरेलु लिगका अनुभवी मिडफिल्डर उत्तम गुरुङलाई टोलीमा समावेश गरेको छ । विजयले केहि साताअघि मात्र नेपाली राष्ट्रिय फुटसल टिमको समेत कप्तानी सम्हालेका थिए । तीनै खेलाडीलाई क्लबले युवा जोश र प्रतिभा बोकेका खेलाडीलाई मार्गदर्शन दिनुका साथै प्रदर्शनमा सुधार ल्याउने लक्ष्यसहित भित्र्याएको हो ।

क्लबले यस सिजन कप्तानको जिम्मवारी अनिललाई सुम्पिएको छ । अनिलले ब्रिगेड ब्वाइजमा खेलेर नै आफ्नो करिअरको सुरुवात गरेका थिए । एक सिजन बीबीसीबाट खेलेपछि थ्री स्टारमा जमेका अनिलले मनाङबाट पनि खेले । एनआरटिको आक्रमण सम्हाल्न पुगेको अर्को सिजन अनिलले आईलिगमा सिलोङ लाजोङको लागि समेत खेले । त्यहाँबाट फेरी उनी मनाङ आएर लामो समय क्लबको कप्तानको रुपमा घरेलु फुटबलमा देखिए । गत सिजन थ्री स्टार पुगेका उनले अन्तत: बीबीसीमै फर्कने निर्णय लिए ।
अनिलले अन्य क्लबबाट प्रस्ताव आएपनि बीबीसी नै फर्कनु उचित निर्णय लागेको बताए । ‘मलाई अन्य क्लबबाट पनि प्रस्ताव आएको थियो । तर मेरो लागि बीबीसी नै उचित गन्तव्य हो भन्ने लाग्यो । मैले मेरो करिअर यहाँबाट नै सुरु गरेको हुँ । अहिले यहाँ थुप्रै युवा तथा प्रतिभावान खेलाडी छन् । उनीहरुलाई पनि केहि सहयोग पुग्छ भन्ने विश्वास मैले लिएको छु,’ उनले भने ।

अनिलले टोलीमा रहेको युवा खेलाडीबाट निकै प्रभावित भएको बताए । ‘ मैले प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन निकै राम्रो पाएको छु । मलाई लाग्छ यस टोलीबाट धेरै खेलाडी राष्ट्रिय टोलीबाट खेल्न सक्छन् । तत्काल हेर्ने हो भने अब आउने सागका लागि टोलीमा पर्ने क्षमता बोकेका खेलाडी यसै टोलीमा छन्,’ उनले थपे ।
अघिल्लो सिजन थ्री स्टारबाट खेलेका अनिलले लिगमा खासै अवसर पाएनन् । यसपटक भने उनले बीबीसीको कप्तानी गर्दै आक्रमण सम्हाल्नेछन् । उनीसँग विजय गुरुङ, शिशिर लेखि, जय गुरुङ, उत्तम गुरुङ, व्रिजेश चौधरी, ऋतिक खड्का लगायत खेलाडी साथ हुनेछन् । उनले आफ्नो खेलमात्र हैन युवा खेलाडीहरुलाई पनि उकास्न थप मिहिनेत गर्नुपर्नेछ ।

बीबीसीले लिगको पहिलो खेलमा नै उपाधिको बलियो दावेदारको रुपमा हेरिएको मछिन्द्रको सामना गर्दैछ । पहिलो खेलमा नै दवावमुक्त रहने बीबीसीको सामु सुखद सुरुवात गर्ने अवसर छ । यसमा अनिल र उनीसँग रहेका युवा खेलाडीको प्रदर्शन कस्तो रहनेछ, त्यसले नै बीबीसीको माथिल्लो हाफमा रहने लक्ष्य कहाँ पुग्ने हो भन्ने छनक दिनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]