default_image

6 years ago

December 14, 2019

‘ए’ डिभिजन लिग आजबाट, मछिन्द्रलाई ब्रिगेडको चुनौती

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदण्ड कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि राजधानीमा सुरु हुँदैछ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हेभीवेट मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धासँगै लिगको सुरुवात हुनेछ । राउन्ड रोविन लिगमा १४ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । सबैभन्दा धेरै अंक जोड्ने टोली लिग च्याम्पियन बन्नेछ । यसपटक लिगबाट एक टोली मात्रै घटुवा हुनेछ । लिग फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । लिग अवधिभर कुल ९१ खेल हुनेछ ।

लिगको उपाधि विजेताले ५० लाख रुपैया हात पार्नेछ । उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछ । चौथो देखि छैटौ सम्मले क्रमश १५, ७ र ५ लाख रुपैयाँ पाउनेछ । लिगको हरेक खेल जित्ने टिमले ५० हजार पाउनेछ । बराबरीमा भए १५–१५ हजार बाडिनेछ ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । हरेक खेलको म्यान अफ दि म्याचलाई केल्मीले १० हजारको भौचर र सिजनको फेयर प्ले टिमले १ लाख पाउनेछ । मनाङ लिगको डिफेन्डिङ च्याम्पियन हो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.