6 years ago
December 14, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे पहिलाे खेलमा सानमिगेल मछिन्द्र क्लबले पहिलाे हाफमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्व अग्रता लिएकाे छ ।

सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा शनिबार भएकाे खेलमा याेगेश गुरुङकाे गाेलबाट खेलमा अग्रता लिएकाे हाे । ३० अाैं मिनेटमा विशाल राईकाे फ्रिकिकमा याेगेशले गाेल गरेका हुन् । पेनाल्टीबक्सबाहिर प्राप्त फ्रिकिक क्रसबारमा लागेर फर्किएपनि पाेस्ट नजिक अनमार्क रहेका याेगेशले हेडमार्फत गाेल गर्दै अग्रता दिलाए ।
त्यसअघि १४अाैं मिनेटमा रन्जित धिमालकाे फ्रिकिक पाेस्टबाट थाेरै बाहिरिएकाे थियाे । १९अाैं मिनेटमा रन्जितकाे बक्स बाहिरकाे फ्रिकिक पाेलमा लागेर फर्कदा मछिन्द्र अग्रता लिनबाट चुकेकाे थियाे ।

बीबीसीले मछिन्द्रकाे पाेस्टमा उल्लेख्य अाक्रमण बुन्न सकेन । २८अाैं मिनेटमा कप्तान अनिल गुरुङ बक्सभित्रकाे प्रहार डिफेन्डरले ब्लक गरिदिएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा मछिन्द्रका दीपक राईले चिप प्रहार गरेपनि गोलरक्षक विशाल सुनारले राम्रो बचाउ गरे ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]