default_image

6 years ago

December 14, 2019

ए डिभिजनमा मछिन्द्रको विजयी सुरुआत

164 views

0 Bookmark

काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानमिगेल मछिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । मछिन्द्रले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि २-० काे जित निकाल्दै विजयी सुरुवात गरेकाे हाे ।

मछिन्द्रकाे जितमा याेगेश गुरुङ र दीपक राईले गाेल गरे ।
सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा शनिबार भएकाे खेलमा याेगेश गुरुङकाे गाेलबाट खेलमा अग्रता लिएकाे हाे । ३०अाैं मिनेटमा विशाल राईकाे फ्रिकिकमा याेगेशले गाेल गरेका हुन् । पेनाल्टीबक्सबाहिर प्राप्त फ्रिकिक क्रसबारमा लागेर फर्किएपनि पाेस्ट नजिक अनमार्क रहेका याेगेशले हेडमार्फत गाेल गर्दै अग्रता दिलाए ।

त्यसअघि १४अाैं मिनेटमा रन्जित धिमालकाे फ्रिकिक पाेस्टबाट थाेरै बाहिरिएकाे थियाे । १९अाैं मिनेटमा रन्जितकाे बक्स बाहिरकाे फ्रिकिक पाेलमा लागेर फर्कदा मछिन्द्र अग्रता लिनबाट चुकेकाे थियाे ।

बीबीसीले मछिन्द्रकाे पाेस्टमा उल्लेख्य आक्रमण बुन्न सकेन । २८अाैं मिनेटमा कप्तान अनिल गुरुङ बक्सभित्रकाे प्रहार डिफेन्डरले ब्लक गरिदिएका थिए ।

४९अाैं मिनेटमा मछिन्द्रले अग्रता दाेब्बर बनायाे । बक्सभित्रकाे सशक्त प्रहार गाेलमा परिणत हुदा बीबीसीका गाेलरक्षक विशाल सुनारले राेक्ने कुनै माैका नै पाएन । ७४अाैं मिनेटमा राेशन रानामगरकाे फ्रिकिकमा पृथ्वी चाैधरीकाे प्रहार अाकासिएकाे थियाे ।

लगत्तै अनिल गुरुङकाे प्रहार पाेस्टबाट थाेरै बाहिररिदा बीबीसीले अगता घटाउने माैका खेर फाल्याे । ८८अाैं मिनेटमा जय गुरुङकाे प्रहार गाेलरक्षक विशाल श्रेष्ठले मुस्किलले पञ्च गर्दै बचाए । त्यसपछि थप गाेल निस्कन नसक्दा मछिन्द्र २-० ले विजयी हुन सफल भयाे ।

जितसँगै मछिन्द्रले २ अंक जाेडेकाे छ । अघिल्लाे सिजन १३अाैं स्थानमा रहेपछि एन्फाले मछिन्द्रकाे १ अंक घटाएकाे हाे । बीबीसीले अंक जाेड्न सकेनन् ।

मछिन्द्रका विशाल राई खेलकाे म्यान अफ दि म्याच घाेषित भए । उनले १० हजार रुपैपा पाए । लिगमा अाइतब कुनै खेल हुने छैन ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.