6 years ago
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मंगलबार न्यूरोडले सरस्वती क्लबलाई ४–० ले हराएको छ ।
टोलीको जितमा सरोज तामाङले २ तथा जुनियर र ओआनाले समान गोल गरेका थिए । ४० औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीको कर्नमार जुनियरले हेडमार्फत गोल गरेका थिए । सरोजले ६९ औं मिनेटमा गाल थपे । मिन अरिक विष्टको फ्रिकिकमा सरोजले पनि हेडमार्फत नै गोल गरेका थिए ।
राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले १६ औं मिनेटमै गोलको अवसर पाएको थियो । जुनियरको क्रसमा ओओनाको हेडप्रहार बाहिरिएको थियो भने १९ औं मिनेटमा ओओनाको क्रसमा प्रकाशको फिलतो प्रहारलाई विपक्षी गोलकिपर विष्णु केसीले रोक ।
पहिलो हाफको इन्जुरी समयमा ओओनाको एक्रोब्याटिक ब्याक पासमा राजेशको प्रहार पोष्ट नजिकबाट बाहिरिइो । पाँचौं मिनेटमा सरस्वतीका कप्तान रमेश तामाङको प्रहार पोष्ट नजिकबाट बाहिरायो । सातौं मिनेटमा उनको अर्को प्रहार पोष्ट माथिबाट गयो ।
लिग अन्तर्गत आज दशरथ रंगशालामा हुने खेलमा यति हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]