6 years ago
December 19, 2019
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनका दुई महारथी क्याटलान बार्सिलोना र रियल मड्रिडबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

बार्सिलोनाका गोलरक्षक मार्क आन्द्र टेर स्टेगनले उत्कृष्ट प्रदर्शन गरे । बराबरीसँगै यि दुई टोलीलाई अंक तालिकामा कुनै फरेबदल रहेको छैन । बार्सिलोना १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान खेलबाटै समान ३६ अंकसहित रियल दोस्रो स्थानमा यथावत छ ।

नोउ क्याम्पमा बुधबार राति भएको खेलको १०औं मिनेटमा करिम बेन्जेमाले पहिलो आक्रमण बुनेको थियो । बेन्जेमाको प्रहार गोलरक्षक स्टेगनले बचाएका थिए । ११औं मिनेटमा बार्सिलोनाले पेनाल्टी अपिल गरेपनि भिएआरले मान्यता पाएन ।

१७औं मिनेटमा रियलले खेलमा अग्रता लिने सुन्दर मौका खेर फाल्यो । कर्नरबाट आएको बललाई ड्यानियल कार्भाहलले क्रस गरेको बललाई क्यासमिरोले हेडिङ गरेपनि जेरार्ड पिकेले गोल लाइनबाट बचाएदिए । लगत्तै क्यासमिरोकै प्रहार पिकेले ब्लक गरिदिए ।

२६औं मिनेटमा बार्सिलोनाका गोलरक्षक स्टेगनले अर्काे सुन्दर बचाउ गरे । ३१औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहार रियलका कप्तान सर्जियो रामोसले ब्लक गरिदिए । लगत्तै फेडरिको भालभेर्डेले झन्डै २५ यार्डबाट गरेको सशक्त प्रहार स्टेगनले बचाइदिए ।

४१औं मिनेटमा मेस्सीको पासमा जोर्डी अल्वाले गोलरक्षक थिवाउट कोर्टुवालाई बिट गर्दै गरेको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । ४४औं मिनेटमा भालभेर्डेको भली प्रहार गोलरक्षक स्टेगनले सहजै बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

६०औं मिनेटमा मेस्सीको पासमा एन्टोइन ग्रिजमन चुके । ६७औं मिनेटमा मेस्सीको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपनि भिएआरको मान्यता पाएन । फरल्यान्ड मेन्डीको क्रसमा बेलले क्लोज रेन्जबाट गोल गरेपनि शुरुमै क्यासमिरो अफसाइड रहेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]