default_image

6 years ago

December 19, 2019

नेपालको फिफा वरियता यथावत

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिफाको पछिल्लो वरियतामा नेपाली फुटबल टोली यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बरका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ।

 

नेपाल गत महिना पनि यहि स्थानमा रहेको थियो । अघिल्लो महिना भने नेपाल तीन स्थान तल झरेको थियो । दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । फिफा वरियतामा १ सय आठौं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्र मध्ये शीर्षस्थानमा र माल्दिभ्स दास्रो स्थानमा छ । माल्दिभ्सको फिफा वरियता १ सय ५५ औं स्थानमा रहेको छ ।

फिफा वरियतामा नेपाल भन्दा पछाडि रहेका दक्षिण एसियाली राष्ट्रमध्ये बंगलादेश १ सय ८७ औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय एकौं र श्रीलंका २ सय पाँचौं स्थानमा छ । फिफा वरियतामा बेल्जियम शीर्षस्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्८ चौथो र उरुग्वे पाँचौं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.