default_image

6 years ago

December 20, 2019

लगातार तेस्रो हारसँगै साविक विजेता पोखराको प्लेअफ कठिन

129 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले साविक विजेता पोखरा पल्टनलाई ८ विकेटले हराएको छ ।

जितका लागि १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । लगातार तेस्रो हारसँगै साविक विजेता पोखराको प्ले अफ पुग्ने संभावना अंक गणितीय झिनो आशा मात्रै बाँकी रहेको छ । अन्य टोलीको नतिजा आफु अनुकुल आएमा र अन्तिम खेलमा धनगढीमाथि फराकिलो जित निकाल्न सके पोखरा नाटकीय रुपमा प्ले अफ पुग्नसक्ने समिकरण रहन्छ ।

बुटवलको जितमा ओपनर ओपनर अफ्ताब उदीन अहमदले सर्वाधिक ७५ रनको योगदान दिए । १२ औं ओभरको अन्तिम बलमा राशिद खानले प्रथामेश दाकेबाट क्याच गराउनु अघि उनले ४६ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै जित पक्का गरे ।

शंकर राना १९ रनमा बोल्ड आउट भए । रानालाई ११ औं ओभरको चौथो बलमा प्रथामेश दाकेले बोल्ड आउट गर्नुअघि २३ बलमा २ चौका प्रहार गरे । पहिलो विकेटका लागि अफ्ताब उदीन अहमद र शंकर रानाले ८७ रनको साझेदारी गरेपछि बुटवलको सहज जित पक्का बनेको थियो । भिम सार्की १० बलमा ३ चौका सहित १६ र हर्ष टोन्क ६ रनमा अविजित रहे । पोखराका हर्ष टोन्क र राशिद खानले १-१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १ सय २१ रन बनाएको थियो। भारतीय ब्याट्सम्यान रविइन्दर सिंह ४२ बलमा २ चौका र २ छक्का सहित ४५ रनमा अविजित रहे । प्रथामेश दाके २० बलमा १ चौका र १ छक्का सहित २० रनमा नट आउट रहे । रविइन्दर र प्रथामेशले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

पहिलो आभेरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई ललित सिंह भण्डारीले शून्यमा एलबी डब्लू आउट गरे । चौथो ओभरको तेस्रो बलमा कप्तान शरद भेषावकरलाई हर्ष टोन्कले लङ अनमा विपिन खत्रीबाट ७ रनमा क्याच आउट गराएका थिए । छैटौं ओभरको तेस्रो बलमा हर्ष टोन्कले विकेटकीपर विनोद भण्डारीलाई अफ्ताब उदीन अहमदबाट ३ रनमा क्याच आउट गराए । आठौं ओभरको पाँचौ बलमा ओपनर इशान पाण्डेलाई शिवम सिंहले कप्तान सिद्धान्त लोहनीबाट १३ रनमा क्याच आउट गराए । उनले १९ बलमा १ चौका प्रहार गरे । १४ औं ओभरको दोस्रो बलमा नितेश थापाले रोहित कुमार पौडेललाई १९ रनमा बोल्ड आउट गरे । रोहितले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे । बुटवलका हर्ष टोन्कले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिए । ललितसिंह भण्डारी, शिवम सिंह र नितेश थापाले १–१ विकेट लिए ।

पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेटले र विराटनगर टाइटन्ससँग ४५ रनले पराजित हुन पुग्यो । आजको हारसँगै पोखराको लगातार तेस्रो हार हो ।

पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवन राइनोजसँग १ सय १९ रनले पराजित भएको थियो । पोखराले अन्तिम खेल सोमबार धनगढी ब्लुजसँग खेल्ने छ । बुटवलले चौथो खेलमा आइतबार धनगढीसँग खेल्ने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.