6 years ago
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– यति हिमालयन शेर्पाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलमा पनि बराबरी खेलेको छ । लिगमा आइतबार भएको एकमात्र खेलमा शर्पा र विभागिय टोली नेपाल एपिएप क्लबले १–१ को बराबरी खेलेका हुन् ।
एपिएफले लिगमा पहिलो अंक जोड्दा शेर्पाको २ अंक पुगेको छ । एपिएफ पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो । शेर्पाले पहिलो खेलमा अर्को विभागिय टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।
दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा त्रिदेव गुरुङको गोलबाट शेर्पाले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समय टिकेन ।
५८ औं मिनेटमा एपिएफका प्रविण स्याङ्तानले बराबरी गोल फर्काएका थिए । आशिष लामाले रक्षक आशिष गुरुङलाई छलाउँदै दिएको क्रसमा प्रविणले क्लोज रेन्जबाट गोल गरेका थिए ।
सातौं मिनेटमा नै एपिएफले गोल गर्न असवर पाएको थियो । प्रविणले गरेको प्रहारलाई शेर्पाका गोलकिपर किशोर गिरीले रोके । लगत्तै अर्को प्रहार पनि किशोरले विफल पारे । १४ औं मिनेटमा शेर्पाले गोल गर्ने मौका पाएपनि सफल भएन ।
स्टेफेनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । ३७ औं मिनेटमा अलरिच सिवेको प्रहारले पोष्टको दिशा लिन सकेन । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा एपिएफका सुदीप सिख्राकारको फ्रिकिक पोष्ट नजिकबाट बाहिरियो । ८१औं मिनेटमा एपिएफले अग्रता लिने मौका खेल फाल्यो । प्रदीप लामाको पासमा क्लोज रेन्जबाट प्रविणको प्रहार आकासिएयो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]